भर्खरै : Sorry, your browser does not support inline SVG.
वर्षा र पहिरोको असर : ९ राजमार्ग पूर्ण अवरुद्ध, एक दर्जन सडक प्रभावित | सम्पत्ति शुद्धीकरणमा विभाग आक्रामक, सात मुद्दामा १ खर्ब १८ अर्ब रुपैयाँ बिगो दाबी | अमेरिका–इरान तनाव चुलिँदै, हुथी आक्रमणले पश्चिम एसियामा नयाँ संकट | ११ वर्षपछि औषधिको मूल्य पुनरावलोकन गर्दै सरकार, अत्यावश्यक औषधिको अभाव हटाइने | नेपालको वैदेशिक व्यापार २४ खर्ब नाघ्यो, आयातमै ८७ प्रतिशत हिस्सा | सरकारको दाबी : २ लाख २३ हजारभन्दा बढी बेटिङ एप र वेबसाइट बन्द | मल अभावले किसान सीमापार जेलमा, सरकार भने आपूर्तिको प्रचारमै व्यस्त | पलाँता गाउँपालिकाको सडक निर्माणमा भ्रष्टाचार आरोप, १० जनाविरुद्ध विशेष अदालतमा मुद्दा |

बाली भित्र्याउँदै उपल्लो डोल्पाका किसान

बाली भित्र्याउँदै उपल्लो डोल्पाका किसान

जाजरकोट । उपल्लो डोल्पाका किसानले बल्ल हिउँदेबाली भित्र्याउन थालेका छन् । उपल्लो डोल्पास्थित डोल्पाबुद्ध, छार्काताङसोङ र शेफोक्सुन्डो गाउँपालिकाका किसानले बल्ल हिउँदेबाली भित्र्याउन थालेका हुन् । उच्च हिमाली भेगका साथै अत्यधिक चिसो कारण ढिला अन्न पाक्ने भएकाले हिउँदमा लगाएको अन्नबाली उवा अहिले भित्र्याउन लागेको डोल्पाबुद्ध गाउँपालिका–६ सिमेनका प्रेमा गुरुङले जानकारी दिइन्र । अन्य समयमा हिउँले सेताम्य हुने उपल्लो डोल्पामा अहिले उवा पोकेर पहेँलपुर अवस्थामा रहेको छ ।

बिहानदेखि बेलुकीसम्म यहाँका सबै स्थगानीयवासी खेतबारीमै व्यस्त हुने गरेका छन् । उवा भित्र्याउनका लागि गाउँभरीमा एकै साइत कुरेर भित्र्याउने चलन छ । सबै ठाउँमा गहुँ उत्पादन नहुने भएकाले सिमेन र भिजेर गाउ“मा गहु“ उत्पादन हुने गर्दछ । अन्य ठाउँमा उवा बढी उत्पादन हुने गरेको छ । आकाशे पानीको भरमा लगाइने उवा र गहुँ वैशाखमा लगाइन्छ भने असोजमा भित्र्याउने काम हुन्छ । हिमालमा धेरै पानी पर्दैन । उवाका लागि पानी आवश्यक हुन्छ । पानी परेपछि यसले धेरै उत्पादन हुन्छ । उवाको रोटी, सातु र अरु परिकार बन्छ ।

रोटीको साथै सातु पनि स्थानीयवासीले खानाको रुपमा खान्छन् । सरकारी अनुदानको चामल नियमित नहु“दा उवालाई नै बा“डीचुड गरेर खाने गरिन्छ । व्यापारीले पुयाएको चामल धेरै महँगो हुन्छ । कात्तिकको अन्तिमदेखि फेरि उपल्लो डोल्पाका तीन गाउँपालिकामा हिमपात सुरु हुन्छ । मुख्यबालीका रुपमा रहेको उवा र कम उत्पादन हुने गहुँ नै यहाँको मुख्य आहारा हो । आयातित अन्नमा भरपर्ने उपल्लो डोल्पाका सर्वसाधारण केही अन्न चीनको स्वसासित क्षेत्र तिब्बतबाट पनि ल्याउने गर्दछन् ।

हिउँद याममा हिमपात हुने भएकाले यहाँका किसानमध्ये कोही आफ्नै घरमा खाद्यान्नको जोहो गरी बस्छन् भने कोही तल्लो भेग तीर झर्ने गरेको स्थानीयवासी इ गुरुङले बताए। उपल्लो डोल्पामा खाद्य व्यवस्था तथा व्यापार कम्पनीको चामल दुई वर्षदेखि राम्रोसँग पुगेको छैन । स्थानीय बजारमा प्रति क्वीन्टल १६ हजारसम्म रकम खर्चे पनि सोचे झैँ पाउन गाह्रो छ । अघिल्लो वर्षको भन्दा यो वर्ष गहुँ र उवा राम्रो उत्पादन हुने सम्भावना बढेको गुरुङले बताए । पानी धेरै परेका कारण उत्पादन बढ्ने आकलन छ ।

 


Thali Mobile Pvt.Ltd.