भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

वीरगञ्ज महानगरद्वारा भूमिहीनलाई ३० दिनभित्र सम्पर्कमा आउन आग्रह

वीरगञ्ज महानगरद्वारा भूमिहीनलाई ३० दिनभित्र सम्पर्कमा आउन आग्रह

वीरगञ्ज, १२ बैशाख । पर्साको वीरगञ्ज महानगरपालिकाले सडक विस्तारका क्रममा पूर्णरूपमा भूमिहीन भएका नागरिकलाई ३० दिनभित्र आवश्यक कागजातसहित सम्पर्कमा आउन अनुरोध गरेको छ।

महानगर प्रशासन तथा व्यवस्थापन महाशाखाका प्रमुख सुनिलकुमार कर्णका अनुसार, देशका अन्य कुनै पनि स्थानमा जग्गा नभएका भूमिहीन व्यक्तिहरूले एक महिनाभित्र विवरणसहित सम्पर्क गर्न सक्ने व्यवस्था गरिएको छ।

डिभिजन सडक कार्यालय हेटौँडाले गएको वैशाख ६ गतेदेखि वीरगञ्जको गण्डक चोकदेखि मितेरी पुलसम्म सडक अतिक्रमण हटाउने अभियान सुरु गरेसँगै धेरै घरटहरा भत्काइएका थिए। त्यसपछि प्रभावितहरूलाई राहत तथा व्यवस्थापनका लागि महानगरले सूचना जारी गरेको हो।

प्रमुख जिल्ला अधिकारी भोला दाहालको अध्यक्षतामा बसेको जिल्ला विपद् व्यवस्थापन समितिको निर्णयअनुसार प्रभावित नागरिकको लगत सङ्कलन सुरु गरिएको छ।

महानगर प्रमुख राजेशमान सिंहका अनुसार प्राप्त विवरणको छानबिनपछि पूर्णरूपमा प्रभावित नागरिकलाई राहत उपलब्ध गराउन संघीय सरकारसमक्ष सिफारिस गरिनेछ। त्यसैगरी जिल्ला प्रशासन कार्यालयले भत्काइएका घरटहरामा पुनः व्यापार नगर्न पनि आग्रह गरेको छ।

 


Thali Mobile Pvt.Ltd.