भर्खरै : Sorry, your browser does not support inline SVG.
सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती | हर्मुज जलसन्धिमा इरान–ओमानबीच संयुक्त नौपरिवहन मार्गको सम्झौता हुँदै, बहराइन बैठकमा नजाने | मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावरमाथि छानबिन, २५० संस्थाको प्रक्रिया रोकियो | शीतल बजारमा पृथ्वी राजमार्ग खोल्न नेपाली सेनाको ब्लास्टिङ, नयाँ सडक संरचना बनाइँदै | वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा, बाँकी संरचना हटाउने काम तीव्र | रसुवागढी नाका बन्द भएपछि मुस्ताङको कोरलानाकामा बढ्यो कारोबार, १५ दिनमै पौने दुई अर्ब राजस्व | बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द |

सोलुखुम्बु जिल्लाको पत्ताले प्राकृतिक सुन्दरताको अनुपम उपहार, जानै पर्ने पर्यटकीय गन्तव्य(भिडियो सहित)

सोलुखुम्बु जिल्लाको पत्ताले प्राकृतिक सुन्दरताको अनुपम उपहार, जानै पर्ने पर्यटकीय गन्तव्य(भिडियो सहित)

सोलुखुम्बु । सोलुखुम्बु जिल्लाको दुधकुण्ड, मानव मात्रका लागि नामै काफि छ ।
हरियाली मनोरम वातावरणसंगै, कोरियाका मानव पाइला सेतो कुण्डमा जब पुगेर रोकिन्छ
त्यसपछिको आनन्द सायद शिवले पनि लिएनन् होला ।
सेता हिमालले चकमनै भएको यो ठाउँ समुद्र मन्थनको कथा बाधिए पनि, साच्चै स्वर्ग छ ।
बाटोमा बनाइएका चौरी खरक गाठालाहरुको स्वागत गर्ने संस्कार, नागवेली बगेका छागा छहराको संगमले मनै लोभ्याउने शक्तिको राज दुधकुण्डले खुलाइएको दिन ।
यात्राको पहिलो दिन
साउनको महिना वर्षातको अर्को नाम । कही बाढी, कहि पहरो यात्राको असहजताको अनुमान गर्न सकिदैन । तर पनि यो मौसम हरियाली मनै हराभरा हुने मौसम । मन मात्रै होइन वनै हराभरा हुने अनि चङगा बनेर उड्ने मौसम । यस्तो हरियाली मौसममा हरियाली जंगलको सुन्दरता नियाल्ने रहर कस्लाई पो हुदैन र ? मानिसहरु एक ठाउँबाट अर्को ठाउँको सुन्दरता नियाल्न देशका विभिन्न भागमा रमाउदै यात्रा गर्ने मौसम पनि हो ।
चारै तिर हरियाली, खोलाहरूमा मज्जैले साउने मुलहरू फुटेको यो वेला साच्चै मनमोहक दृश्यावलोकनको संगम पनि हो । साच्चै घुम्न लायक र यात्रा गर्न लायक समय हो यो । असार १३ गते विहानै सोलुको यात्रा अर्थात दुधकुण्डको यात्रा गर्ने हाम्रो टिमको मौफिक निर्णय अनुसार हामी विहानै ९ ः ३० बजे सूर्यविनायक चोकबाट सोलुको पत्तालेका लागि रमाना भयौं । आकाश मज्जैले खुलि नसकको अवस्थामा यो यात्राका सारथी हामी तीन जना सभागि छौं । सोलुको पत्तालेसम्मको यात्रामा तीन जना हुने छौं भने त्यस भन्दा पछिको यात्रामा ४ जना हुने छौं । सूर्यविनायकबाट सुरु भएको यात्रा सांगा हुँदै काभ्रेको बनेपा, धलिखेल, काभ्रेभन्ज्याङहुदै बीपी राजमार्गको न्यानो स्वागतलाई मनमा साचेर यात्रा अगाडि बढ्छ ।

वीपी राजमार्गको नागवेली सडककाबीच अग्गा डाडाको ओचमा हामी सवार मोटरबाइक हराउँदा कति सुन्दर डाडाहरु कति रमाइला ठाउँ भन्दै मनै फुरुङ हुने गर्थे । यी अग्ला डाडाहरुसंगको लुकामारीपछि करिव तीन घण्टाको मोटरबाइकको यात्रालाई निरन्तता दिदै भकुण्डेवेशी पुग्दा लाग्थ्यो हामी सुन्दर यात्रालाई पछाइरहेका छौं ।

भौगोलिक रुपमा सुन्दर नेपाल आखै अगाडि आइपुग्ने हरियालीलाई मनमा साच्दै नमोबद्ध नगरपालिका वडा नं ७ मा रहेको नेपाली भान्छा घरको कफिको छुस्कीले हाम्रो ती घण्टाको यात्रालाई शान्दर बनाइ दिन्छ । हाम्रो पहिलो दिनको योत्रा सोलुको पत्तालेसम्म छ । हामी पत्तालेका लागि अगाडि बढ्न आतुरछौं एकछिनको बसाइपछि पुनः हाम्रो यात्रा अगाडि बढ्छ । यात्रामा भिलेज हाइल्याण्ड रिसोर्टका सञ्चालक तथा जे पाक्छ त्यही विक्छ अभियानका अभियान्ता रामसुन्दर बकेले पर्यटन प्रवद्र्धन गर्न सरकारले र व्यवसायीहरुले गर्नु पर्ने कार्यहरुका बारेमा मुक्तकण्ठले निरन्तर धाराप्रवाह रुपमा दिएको सुझावले साच्चै हामी नेपाली स्वर्गको काखमै बसिरहेका छौं जस्तो भान भइरहयो ।

हामी भकुण्डेवेशीको बजारलाई नजरमा कैद गर्दै फेरी फर्किने प्रतिवद्धताका साथ अगाडि बढछौं । निरन्तर हाम्रा आँखाले सडक वरपरका दृश्यहरुलाई नियाल्दै मनको मझेरीमा साचेर सडकको बीचबाट मोटरबाईकमा हुइँकीनुको मज्जा त छदै छ तर प्राकृतिक सुन्दरताले मन प्रफुलित बनाइ रहन्छ । भकुण्डेबेशीको बजारलाई पछिपार्दै अगाडि बढिरहदा मनमा अनेक थरि कुराहरु खेलि रहन्थे अव सोलुको पत्ताले पुग्न कति समय लाग्ला ? यो बीचमा कुन–कुन ठाउँ आउछन् भनेर । हामी एकपछि अर्को ठाउँलाई पछिपार्दै अगाडि बढिरहन्छौं । हाम्रो यात्रा निरन्तर अगाडि बढ्दै गर्दा बजारका दृश्यहरुले यात्रा रोमान्चक, मनमोहक बनाइदिन्छ ।


अब त पेटले अर्नि पनि माग्न थाल्यो । भोक थेग्ने क्षमता क्षिण हुदै जादा खाना खाने ठाउँ खोज्दै हामी रोशी खोलाको किनारै किनार नेपालथोकको बजारलाई नजिकबाट नियाल्दै काभ्रे जिल्लालाई विदाई गरी सिन्धुली जिल्लाको पावन भूमिमा प्रवेश गर्छौ ।
सिन्धुली जिल्लामा प्रवेश गरेपछि भोक र थकानलाई मेटाउन चौतारीको सितलता खोज्दै गजुलीदह बजारमा खानाको मज्जा लिने निधो ग¥यौं । यसपछि हामी यहा अवस्थित स्वान्वी होटलको खानाको स्वादलले मक्ख पर्दै अगाडि बढछौं । सुनकोशी नदी र रोशी नदीको उर्लेको जवानीलाई नजर लगाउँदै हामी यहाँ वरपरका विभिन्न धार्मिक तथा सांस्कृतिक स्थलहरुको अवलोकन गर्दै अगाडि बढ्छौ । यो यात्रालाई वरपरका भौगोलिक अवस्थितिले रमणिय त बनाएकै थिए तर एउटा गीतको भने निकै याद आइरहयो । यो यात्रा सुनौलो अनि साथ तिम्रो …जस्तै जस्तै ।


प्राकृतिक सम्पदा नविकारी बनाएको एक सय ६० किलोमिटर लामो बीपी राजमार्ग २० वर्ष लगाएर निर्माण गरिएको नेपालकै नमुना बाटो हो । जापान सरकारको सहयोगमा निर्माण गरिएको सो सडकखण्डको पहिलो तीन चरणमा सिन्धुलीमाडी–बर्दिबास (३७ किमि), धुलिखेल–नेपालथोक (५० किमि) र सिन्धुलीमाडी–खुर्कोट (३६ किमि) खण्ड निर्माण पूरा हुँदा चौथो खण्ड नेपालथोक – खुर्कोट (३७ किमि) रहेको छ । सिन्धुली सुनकोसी गाउँपालिका–५ मूलकोटको रिठेभीर त्यही खण्डमा पर्छ । यो खण्डमा बनाइएको सेती देवी मन्दिर र यहाँ राखिएका सिसाको दृश्य निकै आश्चर्य जनक रहेको छ ।

यहाँ पुग्ने जो कोहीको मनमा एउटा प्रश्न जहिले पनि उब्जी रहन्छ प्राकृतिक स्वरुप नविगारी कसरी सडक निर्माण भयो होला भनेर । नेपालका हरेक ठाउँमा यस्तै भौतिक संरचनाहरु भइदिए स्वर्ग जस्तै देश झनै स्वर्ग हुनेमा दुइमत देखिदैन । यात्रा रमाइलो छ रोचक छ । हामी यात्राको क्रममा नयाँ ठाउँ आउने वित्तीकै त्यसकाबारेमा जानकारी लिने र प्राकृतिक सुन्दरताका बारेमा वर्णन गरिहाल्ने गरेका छौं । रमाइलो यात्राका साथ सुनकोशी नदीको सुशेलीसंगै धुम्ती मोडहरुलाई पन्छाउदै यात्रा अगाडि बढिरहन्छ । ज्यानलाई थकान महशुस हुन नदिन हरेक ठाउँमा मोटरसाइकललाई रोक्दै अगाडि बढ्छौं । वीपी राजमार्गको यात्रा टुङ्ग्याउन अब हाम्रो यात्रा खुर्कोट बजारलाई नियाल्दै अगाडि बढ्छ । खुकोर्टटबाट अव सिन्धुली वर्दिबास सडक खण्डलाईबाट विट मार्दै घुर्मि बजारको सेरोफेरोबाट यात्रा अघिबढ्छ ।

फिक्ल गाउँपालिकाका विभिन्न ठाउँमा हाम्रो यात्रालाई विराउदै हाम्रो यात्रा अधिबढ्छ । बाटोमा भेटेका बाख्रा गोठालाई होमस्टेबारे आफ्नै घरमा जे पाक्छ त्यही विक्छ भन्दै यही अभियानका अभियान्ता रामसुन्दर बकेले सम्झाउदाको दृश्यले मनै छोएको थियो । बाटोमा जाल हानेर माछा मारिरहेका मानिसहरु र खोलाको सम्बन्धलाई नजिकबाट नियालेर डिड्दाको बेग्दै आनन्द थियो । पुल नभएका खोलाहरुमा मोटरबाइक पानीजहाज जस्तै तैरिएर गुण्डाका क्षणहरु पनि रमाइला थिए । यहाबाट उदयपुरको कटारी छुदै गर्दा नदि,पुल खोला छागा छहराले हामीलाई स्वागत गरि रहे । हामीले यो यात्रालाई सिद्धिचरण राजमार्गबाट अधि बढाइरहेका छौ । रमाइला डाडाहरुमा हुस्सुले घेरेका दृश्यहरुलाई नियाल्दै हर्कपुरको बजारलाई पनि पछि छोडछौं ।

डेमानका पहाडहरु आखै अगाडी आउदा मनको आनन्द त कति हो कति तर नजरबाट टाढा भएका अग्दा डाडाहरुमा कहिले पुगिएला भन्ने चिन्ता हामी गोलान्जोर बजार हुदै,थाक्ले अनि मानेभञ्ज्याङ, केतुके हुदै ओखलढुङ्गा बजारमा पुगेपछि साझको ७ः३० बजि सकेको थियो । अझै हाम्रो यात्रा जारी छ । ओखलढुंगा बजारलाई एककटले नियाली रहदा एकैपछिमा ढाकेको हुस्सुलाई के थाहा हामीलाई टाढा जानु छ भनेर ? ओखलढुङ्गा पुग्दा साझ परिसकेकाले विजुलीको उज्यालोले देखाएका दृश्यबाहेक अरु कुरा नियाल्न सकिएन ।

हामी एकछिन ओखलढुंगाको गौतम होटलको न्यानो आतित्यतालाई आत्मासाथ गर्दै केही वेरको रमाइलो भलाकुसारीछि पुःन पत्तालेका लागि हामी रमाना भयौं । पहाडको टुप्पोमा कुहिरो भित्र लुकेको ओखलढुंगा बजारलाई पछिपार्दै अगाडि बढ्दै गर्दा ढपक्क ढाकेको कुहिरोलाई नियाल्दा पकै पानी पर्छ भन्ने आभाष भएपछि हामी पनि के कम हामीसंग भएका ओडाउहरुको प्रयोग गरेर यात्रालाई अगाडि बढाउन सफल भयौं ।
यहाँबाट हाम्रो यात्रा टोड्के, धुन्सा, ठाडे,घाप बजारको सुनसान मौनतालाई नियाल्दै अघि बढ्छ । घाप बजारबाट अव भने हाम्रो यात्रा छोटिदै थियो । यहाबाट हामी सोलुखुम्बुको दुधकुण्ड नगरपालिका वडा नं ८ पत्ताले बजारमा साझ ९ः३० बजे पुग्यौं । यहाँ हामीलाई विहानैदेखि कुरेर बसिरहेका पदम नाराण श्रेष्ठले स्वागत गर्दा आफ्नै ठाउँमा पुगेको आभास भयो । हाम्रो यात्रा आजका लागि सोलुुखुम्बुको पत्तालेसम्मका लागि थियो ।


आजको बसाई र यात्राको थकानलाई विसाउने पत्तालेस्थित मुना होटलमा तय गरिएको थियो । यो होटलको आतिथ्यतालाई मनमा साचेर हामी खाना खान र यहाको रमाइलो भुलिदै गयौं । चिसो पत्ताले न्यानो खोजेको ज्यानले यहाँ बनाइएका परिकारहरुको स्वाद लिदै निद्रा देवीको काखामा कतिवेला पुगियो पत्तै पाइएन ।

भिडियो सहित

 


Thali Mobile Pvt.Ltd.