स्थानीय तह निर्वाचनका लागि अर्थ मन्त्रालयद्वारा बजेट सुनिश्चित

स्थानीय तह निर्वाचनका लागि अर्थ मन्त्रालयद्वारा बजेट सुनिश्चित

काठमाण्डौ । ८ अर्ब ११ करोड रुपैयाँ बजेट वैशाख ३० गतेका लागि तय भएको स्थानीय तह चुनावका लागि अर्थ मन्त्रालयले सुनिश्चित गरेको छ । विहिबार पत्रकारसम्मेलन गर्दै निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि ८ अर्व ११ करोड रुपैयाँको सुनिश्चिता भएको जानकारी दिएको हो । निर्वाचन आयोगले मतदाता नामावलीमा दाबी विरोध गर्नका लागि फागुन २० गतेदेखि २६ गतेसम्मको मिति समेत तोकेको छ ।

त्यस अवधिमा मतदाता नामावलीमा रहेको त्रुटि सच्याउन निवेदन दिने, कसैले झुटो विवरण दिइ मतदाता नामावलीमा नाम समावेश गरेको भए त्यसको विरोधमा उजुरी दिन पाइने आयोगले जनाएको छ । स्थानीय तह चुनाव प्रयोजनका लागि ८० वटा राजनीतिक दल दर्ता भएका र तिनको अध्ययन भइरहेको आयोगले जनाएको छ । चुनावमा भाग लिने राजनीतिक दलहरूको नाम फागुन २६ गतेभित्र प्रकाशन गरिसक्ने र चुनावमा खटिने मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको नामावली पनि आयोगले सम्बन्धित निकायबाट पाइसकेको आयोगले जनाएको छ ।

 

 


Thali Mobile Pvt.Ltd.