भर्खरै : Sorry, your browser does not support inline SVG.

स्थानीय तह निर्वाचनमा ७९ दलले मात्र भाग लिन पाउँने

स्थानीय तह निर्वाचनमा ७९ दलले मात्र भाग लिन पाउँने

काठमाडौं । स्थानीय तह निर्वाचनमा ७९ दलले भाग लिन पाउने भएका छन् । जनमत पार्टी, मंगोल नेसनल अर्गनाइजेसन, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय नागरिक पार्टी, जनता प्रगतिशील पार्टी, नेपाल, नेपाल लोकतान्त्रिक पार्टी, देशभक्त समाज, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, तराई मधेश लोकतान्त्रिक पार्टी,

मौलिक जरोकिलो पार्टी, बहुजन एकता पार्टी नेपाल, वैज्ञानिक समाजवादी पार्टी, नेपाल सद्भावना पार्टी, नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले भाग लिने छन् । निर्वाचन आयोगका अनुसार तामाङसालिङ लोकतान्त्रिक पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल, नेपाल समावेशी पार्टी, राष्ट्रिय जनमोर्चा,

राष्ट्रिय विकास पार्टी, नागरिक उन्मुक्ति पार्टी, खुम्बुवान राष्ट्रिय मोर्चा, नेपाल परिवार दललेसमेत स्थानीय तह निर्वाचन प्रयोजनका लागि आयोगमा निवेदन दर्ता गराएका थिए । नेपाल विवेकशील पार्टी, नेपाल संसदीय समाजवादी पार्टी, सचेत नेपाली पार्टी, सामाजिक लोकतान्त्रिक पार्टी नेपाल, समाजवादी केन्द्र नेपाल,

पिछडावर्ग निषाद दलित जनजाति पार्टी, नेसनलिस्ट पिपल्स पार्टी, प्रजातान्त्रिक पार्टी नेपाल, आमूल परिवर्तन मसिहा नेपाल, राष्ट्रिय जनता पार्टी नेपाल, राष्ट्रिय सद्भावना पार्टी, नेपाल कम्यनिस्ट पार्टी ९माओवादी केन्द्र०, नेपाल कम्युनिस्ट पार्टी राष्ट्रवादी, नेपाल कम्युनिस्ट पार्टी परिवर्तनले पनि निर्वाचन प्रयोजनका लागि दल दर्ता गराएका थिए ।

यसैगरी नेपाल कम्युनिस्ट पार्टी (एमाले), नेपाल कम्युस्टि पार्टी (माक्र्सवादी लेलिनवादी), इतिहासिक प्रजातान्त्रिक जनता पार्टी नेपाल, त्रिमुल नेपाल, नेपाल जनता पार्टी, किराँत खुम्बुवान साझा, माओवादी जनमुक्ति पार्टी नेपाल, समावेशी लोकतान्त्रिक पार्टी, नेपाः राष्ट्रिय पार्टी, नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी समाजवादी,

मितेरी पार्टी नेपाल, संघीय खुम्बुवान लोकतान्त्रिक पार्टी, नेपाल, उन्नत लोकतन्त्र पार्टीले पनि आयोगले तोकेको समयभित्रै स्थानीय तह निर्वाचन प्रयोजनका लागि निवेदन दिएका थिए । यस्तै, नेपाल दलित पार्टी, आधुनिक नेपाल समाजवादी पार्टी,

साझा पार्टी, नेपाल, नेपाल सुकुम्बासी पार्टी (लोकतान्त्रिक), बहुजन शक्ति पार्टी, नेपाल कम्युनिस्ट पार्टी माक्र्सवादी (पुष्पलाल), नेपाल सुशासन पार्टी, नेपाल कम्युनिस्ट पार्टी माओवादी समाजवादी, राष्ट्रिय यथार्थवादी पार्टी, नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लाकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहत),

विवेकशील साझा पार्टी, नेपालका लागि नेपाली पार्टी, लोक दल, नेपालआमा पार्टी, नेपाल नौलो जनवादी पार्टी, नेपाली कांग्रेस (बीपी), राष्ट्रिय समाजवादी पार्टी नेपालले पनि निर्वाचन प्रयोजनका लागि आयोगमा निवेदन दिएका थिए । यसैगरी, माओवादी कम्युनिस्ट पार्टी नेपाल, नेपालवाद, सामाजिक एकता पार्टी,

जनसमाजवादी पार्टी नेपाल, राष्ट्रिय मुक्ति आन्दोलन, जनजागरण पार्टी नेपाल, जनता समाजवादी पार्टी, नेपाल, बहुजन समाज पार्टी नेपाल र नेपाल कम्युनिस्ट पार्टीले पनि निवेदन दिएका थिए । यी निवेदन दिएका दलबाहेक अन्य दलले अब स्थानीय तह निर्वाचनमा भाग लिन नपाउने आयोगले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.