भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

वार्षिक परीक्षाको तालिका सार्वजनिक

वार्षिक परीक्षाको तालिका सार्वजनिक

काठमाण्डौ । कक्षा १२ को वार्षिक परीक्षाको तालिका सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले परीक्षा तालिका सार्वजनिक गरेको हो । प्रश्न पत्र अनलाइन माध्यमबाट पठाइने र परीक्षा केन्द्रले प्रिन्ट गरेर विद्यार्थीलाई दिनुपर्ने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

कोरोनाका कारण बोर्डले गएको वर्षदेखि प्रश्न पत्र प्रकाशन गर्न छोडेको हो । यस वर्ष झन्डै चार लाख विद्यार्थीले १२ कक्षाको परीक्षा दिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ। बोर्डले २०७९ जेठ १६ गतेदेखि हुने परीक्षाको समय तालिका सार्वजनिक गरेको छ । आउँदो जेठ १६ गतेदेखि बिहान ११ बजेदेखि २ बजेसम्म सञ्चालन हुने परीक्षा जेठको २५ गते सकिने छ । परीक्षा नौ दिन सञ्चालन हुनेछ ।

 


Thali Mobile Pvt.Ltd.