भर्खरै : Sorry, your browser does not support inline SVG.
पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गरिने | जाजरकोटमा कुटपिटबाट औषधी व्यवसायीको मृत्यु, पाँच जना पक्राउ | दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउने ट्रम्पको घोषणा, सियोलले भने अभ्यास जारी राख्ने | बाढी-पहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, यी सडकमा यातायात अवरुद्ध | होर्मुजमा गहिरिँदो संकट : अमेरिका-इरान युद्धले मध्यपूर्वदेखि विश्व ऊर्जा बजारसम्म बढायो तनाव | गण्डकीदेखि पश्चिमका केही ठाउँमा आज मुसलधारे वर्षाको सम्भावना, सतर्क रहन आग्रह | पेट्रोलियम पदार्थको मूल्य यथावत, पेट्रोल–डिजेलको भाउमा परिवर्तन भएन | सरकारले अब आफैं ग्यास बेच्ने छैन, नियमित प्रक्रियाबाटै बिक्रेतामार्फत बिक्री हुने |

स्थानीय तहले गरे बेवास्ता, संघीय मन्त्रालयलाई बेखबर

स्थानीय तहले गरे बेवास्ता, संघीय मन्त्रालयलाई बेखबर

काठमाडौं । स्थानीय तहको बजेट १० असारमा सार्वजनिक गर्नुपर्ने प्रावधान भए तापनि ३ सय ३ स्थानीय तहले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई बेवास्ता गर्दा यस विषयमा यकिन तथ्यांक उपलब्ध हुन सकेको छैन ।

मुलुकभरका ३ सय ३ वटा स्थानीय तहले बजेट ल्याए÷नल्याएको विषयमा संघिय मन्त्रालय अझै बेखबर छ । १७ असारसम्म ४ सय ५० वटा मात्र पालिकाले बजेट ल्याएका छन् । सातवटा प्रदेशअन्तर्गत ७ सय ५३ वटा स्थानीय तह रहेका छन् ।

संघीय मामिला मन्त्रालयका अनुसार यस अवधिमा ५९ प्रतिशत पालिकाले मात्रै बजेट ल्याएका हुन् । संघीय मामिला मन्त्रालयका अनुसार सबैभन्दा बढी बजेट ल्याउने स्थानीय पालिकामा कर्णाली प्रदेश रहेको छ ।

यस प्रदेशबाट हालसम्म ६२ पालिका अर्थात् कुल स्थानीय तहमध्ये ७८.५ प्रतिशतले आगामी आर्थिक वर्षको बजेट ल्याएका छन् । कुल ७९ पालिका रहेको प्रदेशबाट १७ वटा पालिकाले बजेट ल्याउन बाँकी रहेको मन्त्रालयले जनाएको छ ।

गण्डकी प्रदेशबाट कुल ८५ पालिका मध्य २१ पालिकाले बजेट ल्याउन बाँकी छ । लुम्बिनी प्रदेशबाट कुल १ सय ९ पालिकामध्ये २९ पालिकाले बजेट ल्याउन सकेका छैनन् । सुदूरपश्चिम प्रदेशबाट ८८ मध्ये ५० वटाले बजेट ल्याएका छन् ।

बाग्मती प्रदेशबाट १ सय १९ पालिकामध्ये ६५ वटाले बजेट सार्वजनिक गरेका छन् । कोसी प्रदेशबाट १ सय ३७ मध्ये ७० वटा र मधेस प्रदेशबाट सबैभन्दा कम १ सय ३६ पालिकामध्ये जम्मा ५९ वटाले मात्र बजेट सार्वजनिक गरेका छन् । बजेट ल्याए पनि मन्त्रालयको वेबसाइट (सिस्टम)मा प्रविष्ट नगरेकाले तथ्यांकमा नदेखिएको मन्त्रालयले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.