भर्खरै : Sorry, your browser does not support inline SVG.
नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन | एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी | भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न ३ महिनाको समयसहित संसदीय विशेष समिति गठन | ट्राफिक प्रहरीसँग विवादपछि काठमाडौँमा मिनीबसमा आगलागी, चालक गम्भीर घाइते | हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह |

हमास लडाकु विरुद्धको भूमिगत युद्ध “लामो र कठिन“ हुने अनुमान

हमास लडाकु विरुद्धको भूमिगत युद्ध “लामो र कठिन“ हुने अनुमान

एजेन्सी । प्यालेस्टाइनको गाजामा जारी युद्ध दोस्रो चरणमा प्रवेश गरेको इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले बताएका छन् । इजरायली कमाण्डरहरू “गाजा पट्टीमा“ पूर्णरुपले तैनाथ गरिएको एक टेलिभिजन सम्बोधनमा बोल्दै नेतेन्याहुले पुष्टि गरेका हुन ।

इजरायली सेनाले गाजा शहरमा पर्चाहरू खसाल्दै यो क्षेत्र अब युद्धको मैदान भएकोले सर्वसाधारण जनतालाई दक्षिणतिर जान उर्दी जारी गरेको छ । गाजा क्षेत्रमा सञ्चार सम्पर्क पूणृरुपले विच्छेद गरिएको छ । इजरायलले हमास लडाकु विरुद्धको भूमिगत युद्ध “लामो र कठिन“ हुने अनुमान समेत गरेको छ ।

इजरायलले ७ अक्टोबरको हमासको आक्रमणपछि गाजामा ब्यापक बमबारी गरिरहेको छ । अहिलेसम्म १४ सय बढी इयजरायली र सात हजार ५ सयभन्दा बढी प्यालेस्टाइनी मारिएका छन् । नेतन्याहुले हमासद्वारा बन्धक बनाएका इजरायलीका परिवारलाई भेटेर बन्धकहरूलाई फिर्ता गर्नु सेनाको प्राथमिक लक्ष्य रहेको बताउनुभएको छ ।

 


Thali Mobile Pvt.Ltd.