भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

अभियान छाडेपनि परम्परागत मूल्यमान्यताको लडाइँ जारी नै राख्ने

अभियान छाडेपनि परम्परागत मूल्यमान्यताको लडाइँ जारी नै राख्ने

एजेन्सी । सन् २०२४ को राष्ट्रपतीय निर्वाचनबाट अमेरिकी पूर्व उपराष्ट्रपति माइक पेन्स पछि हटेका छन् । आगामी राष्ट्रपतीय निर्वाचनको दौडबाट पेन्स बाहिरिएका हुन् । पेन्सले यतिखेर आफ्ना लागि उपयुक्त समय नरहेको जिकिर गर्दै उम्मेदवारी घोषणा फिर्ता गरेका हुन् । यो एक गम्भीर युद्ध हुने थाहा भएपनि यतिखेर आफुलाई कुनै पछुतो नरहेको पनि पेन्सले बताएका छन् ।

पेन्सले आफ्ना समर्थकहरूलाई सम्बोधन गरेको विज्ञप्तिमा आफूले यो अभियान छाडेपनि परम्परागत मूल्यमान्यताको लडाइँ भने जारी नै राख्ने अठोट व्यक्त गरेका छन् । पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पसहित आगामी नेतृत्वका लागि दह्रो रुपमा गिरहेकामध्ये पेन्स अभियान स्थगित गर्ने पहिलो मुख्य रिपब्लिकन उम्मेद्वार हुन् । हिजो लस भेगासमा रिपब्लिकन यहुदी धार्मिक मोर्चाको कार्यक्रममा पेन्सले आगामी २०२४ को राष्ट्रप्रतीय निर्वाचनको प्रतिस्पर्धाबाट पछि हटेको घोषणा गरेका हुन् ।

 


Thali Mobile Pvt.Ltd.