भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

हरसिद्धि जात्राको तयारी तीव्र

हरसिद्धि जात्राको तयारी तीव्र

बनेपा, । काभ्रेपलाञ्चोकको पनौतीमा आगामी चैत २८ गतेदेखि सुरु हुने ऐतिहासिक हरसिद्धि जात्राको तयारी तीव्र पारिएको छ । साठी वर्षदेखि पनौतीमा मनाउन थालिएको सो जात्रा विविध कारणले निरन्तरता दिन सकिएको थिएन । यही चैत २८ गतेदेखि २०७९ वैशाख १ गतेसम्म जात्रा सञ्चालन गर्ने तयारी भइरहेको हरसिद्धि जात्रा व्यवस्थापन समितिका संयोजक सुरेश सैँजूले बताए । जात्रा सहज ढङ्गले सञ्चालन गर्नका लागि सैँजूको अध्यक्षतामा समिति गठन गरिएको छ । विसं २०६६ देखि जनसहभागिताबाट रकम सङ्कलन गरी भव्यरूपमा जात्रा सञ्चालन गरिँदै आएको छ ।

अब कोष स्थापना गरी जात्रा सञ्चालन गरिने सैँजूको भनाइ छ । विसं २०६६ मा जात्रा आयोजना गर्न रु पाँच लाख खर्च भएको थियो । यसपटक रु १६ लाख खर्च हुने अनुमान गरिएको छ । जात्राका लागि पनौती नगरपालिकाले रु १५ लाख सहयोग गरेको छ । चैत २८ गते सांस्कृतिक परिक्रमा गरी चैत २९ र ३० गते हरसिद्धि डबली, पनौती बजारमा नाच प्रदर्शन गरिने छ । यस्तै वैशाख १ गते हरसिद्धि देवघरमा पूजापश्चात जात्रा सम्पन्न हुने छ । त्रिशक्ति हरसिद्धिको पनौतीमा बास बसुञ्जेल अन्य बाजा बजाउन नहुने र पूजामा कुखुराको मासु, अण्डा र लसुन मनाही गरिएको छ ।

करिब दुई हजार वर्ष पहिले हरसिद्धि नाच राजा विक्रमादित्यद्वारा सुरु गरिएको मानिन्छ । जात्रा ललितपुरको हरिसिद्धि गाउँस्थित महाजनहरूको विशेष तान्त्रिक विधिबाट चल्दै आएको छ । हरसिद्धि गाउँबाट बाहिर भने १२ वर्षमा एक पटक मात्र जात्रा लाग्छ । पूर्वमा नमोबुद्ध भगवान्, पश्चिममा फूलचोकी माई, उत्तरमा धनेश्वर महादेव र दक्षिणमा नारायणस्थानले घेरिएको पनौती उपत्यका ऐतिहासिक, धार्मिक, सांस्कृतिक एवं पर्यटकीय दृष्टिकोणले भिन्न पहिचान भएको नगर हो ।

 


Thali Mobile Pvt.Ltd.