काठमाडौं । हराएको झोला भेटाउनेलाई गणेश पन्तले पुरस्कारको घोषणा गरेका छन् । २०७७ असोज ६ गते काठमाडौंको कमलादी गणेश मन्दिर नजिकै ११ बजे देखि १ बजेको समयमा पहेंलो रंगको महत्वपूर्ण कागज भएको झोला हराएकाले भेटाउनेलाई उचित पुरस्कार दिने गणेश पन्तले घोषणा गरेका हुन ।
उनले आफ्नो झोला भेटाएर दिनेलाई उचित पुरस्कार दिने जानकारी दिए । झोला भेटाउनेले आफ्नो मोवाइल नम्बर ९८५११००४३२ मा सम्पर्क गर्न अनुरोध गरेका छन् । हराएको झोलामा महत्वपूर्ण कागजहरु रहेकाले भेटाउनेले फिर्ता गर्न उनले अपिल समेत गरेका छन् ।
