भर्खरै : Sorry, your browser does not support inline SVG.
सांसद सिद्धिकीले कानुन समिति बैठक छाडिन्, प्रतिवेदनका विषयमा असहमति | भोटेकोशी बाढीपछि ४३० मेगावाट विद्युत् प्रणालीबाट बाहिर, वैकल्पिक व्यवस्थापनको तयारी | सङ्घीय निजामती सेवा विधेयक संसदमा पेस गर्न सरकारको स्वीकृति | विद्यालय पुग्न विद्यार्थीको ज्यानकै बाजी : तुइनदेखि गाडीमा झुन्डिनेसम्म | महाकालीको बाढीले दोधारा–चाँदनीको झोलुङ्गे पुल भत्कियो, आवागमन बन्द | मजदुर राहतदेखि बेपत्ता विदेशी पर्यटकसम्मको तथ्याङ्क सार्वजनिक गर्न माग | ट्रम्प-सी भेटपछि अमेरिका-चीनले ३० अर्ब डलरका वस्तुमा घटाए भन्सार | पहिरोले देशभरका सडक प्रभावित, केही राजमार्गमा एकतर्फी यातायात |

हिमपहिरोले १२० चौरी बेपत्ता

हिमपहिरोले १२० चौरी बेपत्ता

मुस्ताङ । हिमपहिरोमा परेर १२० याक र चौरी बेपत्ता भएका छन् । मानापाथी हिमालबाट खसेको हिउँपहिरोमा परेर थासाङ गाउँपालिका–२ को जङ्गलमा चराउन लगिएका कोवाङ, लार्जुङ, बोक्सीखोला र नाउरिकोटमा रहेको दुई गोठका याक र चौँरीगाई बेपत्ता भएका हुन् ।

हिउँपहिरोले नाउरीकोटका घरको छानासमेत उडाएको वडा अध्यक्ष नरप्रसाद हीराचनले बतााए । भागदौड मच्चिदा सामान्य घाइते भएका कोबाङको जनआदर्श अमरसिङ माविका ११ जना शिक्षक विद्यार्थी जोमसोममा उपचारपछि घर फर्किएको उनको भनाइ छ ।

पहिरोमा पसेका भीम शेरचन र सकेन्द्र गौचनका ६५-६५ वटा याक चौँरीमध्ये १०-१२ वटा मात्र भेटिएका छन् । सो क्षेत्रमा भएका गोठालाहरु भने सुरक्षित सम्पर्कमा आएको प्रहरीको भनाइ छ ।

१३० याक चौँरीमध्ये बाइनाकुलरले हेर्दा १०-१२ मात्र देखिएको र बेपत्ता भएका चौंरीहरु हिमपहिरोले पुरिएको हुनसक्ने अनुमान गरिएको प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताए ।

 


Thali Mobile Pvt.Ltd.