भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

हिमाली भू–भागमा हिमपात, काठमाडौंमा चिसो बढ्यो

हिमाली भू–भागमा हिमपात, काठमाडौंमा चिसो बढ्यो

काठमाडौं । हिमाली भू–भागमा हिमपात भएपछि काठमाडौंमा चिसो बढेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिमी वायुसँगै आउने पश्चिमी न्यून चापीय प्रणालीका कारण आज दिउँसोदेखी सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका विभिन्न स्थानमा हिमपात अझै हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

सुदूरपश्चिमका केही स्थानमा वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । बाग्मती र गण्डकी प्रदेशको पहाडी भु–भागहरुमा आंशिकदेखि सामान्य बदली बदली रहने बताइएको छ ।

तापक्रम अझैँ घट्ने क्रममा रहेकाले चिसोबाट बच्न सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

चिसोका कारण पर्वतारोहण, हवाईसेवा, यातायातलगायत दैनिक जनजीवनमा असर पर्नसक्ने भएकाले महाशाखाले आवश्यक सुरक्षा अपनाउन आग्रह गरेको हो ।

 


Thali Mobile Pvt.Ltd.