एजेन्सी । युक्रेनमाथि विमान अपहरण गर्न खोजेको आरोप लागेको छ । युक्रेनमाथि पाइलटलाई घूस दिएर विमान अपहरण गराउन खोजेको रुसी खुफिया एजेन्सीले आरोप लगाएको हो ।
विभिन्न सैनिक जेटहरु युक्रेनी एजेन्सीहरुले अपहरणको तारोमा पारेको आरोपबारे रुसी मिडिया रसिया टीभीले रिपोर्ट जनाएको छ । अमेरिकी सहयोगमा सञ्चालित युक्रेनी अनुसन्धान संस्था बेलिङ्गक्याटलाई वताइएको छ ।
रुसी पाइलटहरुलाई यूरोपेली यूनीयनका देशहरुले पासपोर्ट वितरण गर्ने र निश्चित रकम पुरस्कार पनि दिने गरी षड्यन्त्र रचिएको टीभी रिपोर्टमा उल्लेख छ ।
