भर्खरै : Sorry, your browser does not support inline SVG.
ललितपुरको कुसुन्तीमा लिफ्टसहितको आकाशे पुल, छठअघि सञ्चालन गर्ने तयारी | स्वर्णिम वाग्लेको अभिव्यक्तिप्रति कमल थापाको आपत्ति, सरकारसँग मागे जवाफ | कांग्रेसको नयाँ कार्यसमितिमा १४ सांसद निर्वाचित, १० जना पराजित | एनपीएलको भव्य तयारी, कीर्तिपुर मैदानमा थपियो नयाँ सुविधा | असोजमा झण्डै ६ अर्बको विद्युत निर्यात, बङ्गलादेशमा पनि बिक्री सुरु | सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित |

हुम्लाका लागि सात हजार क्विन्टल चामल स्वीकृत

हुम्लाका लागि सात हजार क्विन्टल चामल स्वीकृत

सिमकोट । सरकारले हुम्लाका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमार्फत सात हजार क्विन्टल चामलको कोटा स्वीकृत गरेको छ । जिल्ला खाद्य व्यवस्थापन समिति हुम्लाले माग गरेअनुसार उक्त कोटा स्वीकृत गरिएको लिमिटेड हुम्ला शाखाका नायब सुब्बा भरत अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार आर्थिक वर्ष २०७७÷०७८ का लागि लिमिटेडको हुम्ला शाखाले गत फागुन २६ गते लिमिटेडको बिक्री वितरण विभाग, प्रधान कार्यालय काठमाडौँमा अनुरोध गरेपछि उक्त परिमाणको चामलको कोटा स्वीकृत भएको हो ।

“लिमिटेडले सिमकोट केन्द्रका लागि १४ हजार क्विन्टल चामल माग गरे पनि चैत २६ गते केन्द्रको परिपत्रअनुसार जम्मा सात हजार क्विन्टल मात्रै स्वीकृत भएको छ’, अधिकारीले भन्नुभयो, “तर विगतका वर्षहरु भन्दा यतिबेला पहिलो पटक धेरै खाद्यान्न स्वीकृत भएको हो ।” स्वीकृत भएको कोटाको चामल कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट ढुवानी हुने बताइएको छ ।

जिल्लाको मागअनुसार स्वीकृत भएको खाद्यान्न निजी विमान कम्पनी सीता एयरले ढुवानी गर्नेछ । चामल ढुवानीका लागि सीता एयरलाई जानकारी समेत गराइसकिएको र अबको केही दिनदेखि नियमितरूपमा चामल ढुवानी गर्ने भएको सीता एयरको सिमकोट स्टेसन सहायक इन्चार्ज सूर्य लामाले बताउनुभयो । हुम्लामा स्थानीय उत्पादनले वर्षभर खान नपुग्ने भएपछि चामलका लागि हानथाप हुने र जहिले पनि समस्या हुने गरेको छ । चर्को खडेरीका बीच जेठमा पाक्ने गहुँ बाली पनि अपेक्षाकृत रूपमा नफल्ने भएपछि सरकारले यो समयमा स्वीकृत गरेको चामलको कोटाले चामल वितरणमा खासै समस्या नहुने बताइएको छ ।

 


Thali Mobile Pvt.Ltd.