इजरायल । इजिप्टको शान्ति सम्झौताको अनुगमनमा खटिएको अन्तर्राष्ट्रिय शान्ति सैनिक सवार एउटा हेलिकप्टर दुर्घटना हुँदा सात सैनिकको मृत्यु भएको छ।
सिनाई प्रायःद्वीप क्षेत्रमा नियमित उडान भरिरहेको हेलिकप्टर दुर्घटना हुदा पाँच अमेरिकी सैनिकको मृत्यु भएको छ भने आठ सैनिक गम्भीर घाइते भएका छन्। दुर्घटनामा फ्रान्स र चेक गणतन्त्रका एक एक सैनिकको ज्यान गएको छ । मृत्यु भएकाहरुको नाम सार्वजनिक गरिएको छैन । घाइते सैनिकहरु सबै अमेरिकी रहेका छन्।
लाल सागरको तटीय पर्यटकीय शहर शार्म एल–शेख नजिक हेलिकप्टर दुर्घटनाग्रस्त भएको जनाएको छ। उक्त दुर्घटनाका बारेमा अनुसन्धान शुरु भइसकेको छ।
