हेलिकप्टर दुर्घटनाः क्याप्टेनसहित २ जनाको अवस्था गम्भीर

हेलिकप्टर दुर्घटनाः क्याप्टेनसहित २ जनाको अवस्था गम्भीर

काठमाडौं । हेलिकप्टर दुर्घटनामा क्याप्टेनसहित दुई जना गम्भीर घाइते भएका छन् । क्याप्टेन र स्थानीय भविन गुरुङ गम्भीर घाइते भएका हुन् ।

उनीहरुलाई नेपाली सेनाको टोलीले उद्धार गरेर उपचारका लागि पठाएको छ ।

छिरिङ भोटे हेलिकप्टरमै रहेकाले सकुशल रहेको भोटखोला गाउँपालिका वडा नम्बर ४ का वडाअध्यक्ष विकास तामाङले बताए ।

अरुण हाइड्रो पावरका सामान गोला भन्ने स्थानबाट सिप्रुङ भन्ने स्थानमा लैजाँदै गर्दा भोटखोला गाउँपालिका वडा नम्बर ४ सिप्रुङमा हेलिकोप्टर दुर्घटना भएको हो ।

हेलिकोप्टरको पंखा पहाडको भित्तामा ठोक्किएर दुर्घटनामा भएको तामाङले बताए ।

घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी र स्थानीयवासी उद्धारमा खटिएका छन् ।

 


Thali Mobile Pvt.Ltd.