काठमाडौं । नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएर एमालेमा प्रवेश गरेका १४ जना स्थानीय तहका जनप्रतिनिधिको पद रिक्त भएको छ । शुक्रबार सूचना जारी गर्दै १४ जनप्रतिनिधिको पद रिक्त भएको निर्वाचन आयोगले जनाएको छ ।
पद रिक्त भएका रौतहटका ७, कैलालीका ४, सिरहा, ओखलढुंगा र महोत्तरीका एक–एक जना जनप्रतिनिधि छन् । असार ७ गते बसेको माओवादी केन्द्रको केन्द्रीय समिति बैठकले उनीहरुलाई पार्टीबाट निष्कासन गरेको औपचारिक निर्णय गरेको निर्वाचन आयोगलाई जानकारी गराएको थियो ।
