भर्खरै : Sorry, your browser does not support inline SVG.
कर्णालीलाई पर्दामा उतार्ने यात्रा: अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको तयारी पुरा | एक महिनामै ६१ हजारभन्दा बढी नेपाली विदेशिए रोजगारीका लागि | १९५०–५३ को युद्धमा मारिएका १२ चिनियाँ सैनिकका अवशेष चीन पठाइयो | कलङ्कीबाट स्रोत नखुलेको रकमसहित २ जना पक्राउ | साइबर अपराध बढ्दै, सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धान प्रभावित : आईजीपी कार्की | भक्तपुरको शैक्षिक गुणस्तर सुधारमा प्राध्यापकहरूको भूमिका महत्वपूर्ण : मेयर प्रजापति | सरकारी सफ्टवेयर र सूचना प्रविधि अध्ययन गर्न कार्यदल गठन | विपद् जोखिम न्यूनीकरणका लागि प्रभावकारी कार्ययोजना बनाएर अघि बढ्ने प्राधिकरण |

१६ वर्षीया किशोरी प्रधानमन्त्री !

१६ वर्षीया किशोरी प्रधानमन्त्री !

काठमाडौं । फिनल्याण्डमा १६ वर्षीया किशोरी प्रधानमन्त्री बनेकी छन् । ति भाग्यमानी किशोरी हुन आभा मुर्तो । प्रधानमन्त्री सन्ना मरिनले एक दिनका लागि १६ वर्षीया किशोरीलाई प्रधानमन्त्री बनाइएकी हुन् । प्रधानमन्त्रीको पद हस्तान्तरण गरेपछि संसारले हेरेको छ ।

कि अब उनले कस्तो काम गर्ने छिन ? तर १६ बर्षिया आभा मुर्तोलाई कुनै नयाँ निर्णय गर्ने वा कानुन बनाउने अधिकार नभएपनि प्रविधिमा महिला अधिकारबारे राजनीतिज्ञहरुसँग दिनभर बैठक बसाउने छुटसहित प्रधानमन्त्री बनाइएको छ । संयुक्त राष्ट्रसंघको बालिका दिवसको अवसरमा ‘च्यारिटी’ का लागि फिनल्याण्डले यस्तो कार्यक्रम आयोजना गरेको हो । एक दिनको प्रधानमन्त्री हुँदा आफूले गौरवको अनुभुति गरेको बताएकी छन्।

बैठकपछि पत्रकारका प्रश्नको जवाफ पनि शानदारढंगले दिएकी छिन्। आभा फिनल्यान्डमा जलवायु परिवर्तन र मानवअधिकारका विषयमा सक्रिय अभियन्ता हुन् । उनले एक दिन प्रधानमन्त्री हुँदा बुधधार मन्त्री तथा सांसदहरुसँग विकास र वैदेशिक व्यापारका विषयमा समेत छलफल चलाएकी थिइन्। हाल प्रधानमन्त्री रहेकी मरिन फिनल्याण्डको तेस्रो महिला र सबैभन्दा कम उमेरकी प्रधानमन्त्री हुन्। महिलाहरुको बहुमत रहेको मन्त्रिपरिषदमा अन्यमन्त्री पनि कम उमेरका नै रहेका छन्।

Mohotsav


Thali Mobile Pvt.Ltd.