भर्खरै : Sorry, your browser does not support inline SVG.
देशभर रेबिजविरुद्धको खोप अभाव, आपूर्ति मागभन्दा कम हुँदा स्वास्थ्य प्रणालीमा दबाब | सिथि नखः पर्वमा पानीका स्रोत सरसफाइ, नेवार समुदायको परम्परागत अभ्यास | राष्ट्र बैंकद्वारा सीईओको तलब-भत्ता सम्बन्धी नयाँ मार्गदर्शन जारी, पारिश्रमिकमा एकरूपता ल्याउने लक्ष्य | कृषि तथा पशुपन्छी अनुदान छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन | कोशी प्रदेशबाट मनसुन प्रवेश, केही स्थानमा चट्याङसहित मध्यम वर्षा र भारी वर्षाको सम्भावना | इजरायल र हिजबुल्लाहबीच युद्धविरामको सहमति, तर व्यवहारमा आक्रमण जारी रहेको दाबी | श्चिम एसियामा तनाव घटाउने प्रयास : नाकाबन्दी अन्त्यको घोषणा | नागरिकले आफैँ राष्ट्रिय परिचयपत्र डाउनलोड गर्न सक्ने सेवा सुरु |

२२ वैशाखदेखि फेरि निषेधाज्ञा थपिने

२२ वैशाखदेखि फेरि निषेधाज्ञा थपिने

काठमाडौं । एक साताले मात्रै कोरोना संक्रमणको चेन ब्रेक नहुने भन्दै थप एक साता निषेधाज्ञा गर्ने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ ।

उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुले एक साताका लागि जारी गरेको निषेधाज्ञा लम्बिने भएको हो ।

१४ दिन क्वारेन्टिनको अवधि हुने भएकाले यसअघिको अभ्यासका आधारमा १५ दिन निषेधाज्ञा गर्ने निर्णय भएको संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री भानुभक्त ढकालले बताए ।

उपत्यकामा २२ वैशाखपछि थप एक हप्ता निषेधाज्ञा लम्बिने भएको हो । संक्रमण दर बढेपछि काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले वैशाख १६ गतेदेखि एक साता निषेधाज्ञा जारी गर्ने निर्णय गरेका थिए।

 


Thali Mobile Pvt.Ltd.