भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

२५ वटा अत्यावश्यक सेवाहरुमा हड्ताल गर्न नपाइने मन्त्रिपरिषद् बैठकाे निर्णय

२५ वटा अत्यावश्यक सेवाहरुमा हड्ताल गर्न नपाइने मन्त्रिपरिषद् बैठकाे निर्णय

काठमाडौं । मन्त्रिपरिषद बैठकले २५ वटा अत्यावश्यक सेवाहरुमा हड्ताल गर्न नपाइने गृह मन्त्रालयको प्रस्तावलाई स्वीकृत गरेको छ । धबार बसेको मन्त्रिपरिषद् बैठकले २५ वटा अतयावश्यक सेवाहरुमा हड्ताल गर्न नपाउने स्वीकृति सहित सेनाको बढुवा सम्बन्धी निर्णय गरेको हो ।

यसअघि राजपत्रमा प्रकाशित अत्यावश्यक सेवाको सूची सूची ६ महिना पूरा भएकाले पुनः राजपत्रमा प्रकाशित गर्ने निर्णय गरिएको हो । पहिलेको सूचीमा ह्याण्ड स्यानिटाइजर बनाउने उद्योग, मास्क बनाउने उद्योग आदिलाई पनि अत्यावश्यक सेवा अन्तरगत पारिएको छ ।

मन्त्रिपरिषद बैठकले नेपाली सेनाका सहायकरथी सन्तोषकुमार ढकालसहित चार जना सेनानीहरुको बढुवा र सुरुवासम्बन्धी निर्णय गरेको हो । केही मन्त्रालयका नियमित प्रस्तावबाहेक अरु खासै निर्णयहरु मन्त्रिपरिषदबाट नभएको स्रोतले जनाएको छ । बैठकले मदन भण्डारी विश्वविद्यालयमा दरबन्दी सिर्जना गर्ने निर्णयसमेत समेत गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.