भर्खरै : Sorry, your browser does not support inline SVG.
संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सुरु, विश्वका प्रमुख चुनौतीमा सहकार्यको आह्वान | भोटेकोशी बाढी : ५ हजार १३२ जना अझै सम्पर्कविहीन, मृतकको सङ्ख्या १ हजार ३६७ पुग्यो | भारतमा महिलाको पेटबाट १३ कलम, ५ चम्चा र मैनबत्ती निकालियो | शहीदका सालिकप्रति परिवारजनको आपत्ति, जेनजी स्मृति पार्क उद्घाटन नगरी फर्किए गृहमन्त्री | डढेलो र अत्यधिक गर्मीले विश्वभर वायु प्रदूषणको जोखिम बढाउँदै, स्वास्थ्यमा गम्भीर असरको चेतावनी | रसुवा बाढीबाट सिक्नुपर्ने पाठ | बागमती नदीमा जलसतह सतर्कता तह पार, आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह | भोटेकोशी बाढी : १ हजार ३६४ जनाको शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता |

२८ लाख ३० हजार रुपैयाँ मूल्य पर्ने ५ सय ५६ चौरी गाईको पुच्छरसहित ४ जना पक्राउ

२८ लाख ३० हजार रुपैयाँ मूल्य पर्ने ५ सय ५६ चौरी गाईको पुच्छरसहित ४ जना पक्राउ

महोत्तरी । सशस्त्र प्रहरीले महोत्तरीबाट चार जनालाई पक्राउ गरेको छ । सशस्त्र प्रहरीले पाँच सय ५६ चौरी गाईको पुच्छरसहित चार जनालाई बुधबार पक्राउ गरेको हो । महोत्तरीको जलेश्वर नगरपालिका ३ मा रहेको मलिवाडा बसपार्कबाट उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

काठमाण्डौबाट जलेश्वर हुँदै मलिवाडा रुटमा चल्ने प्रदेश २–०३–००१ ख १२१५ नम्बरको बसबाट मलिवाडा बसपार्कमा चौरी गाईको पुच्छर निकाली ठेलामा राख्ने क्रममा सशस्त्र प्रहरी बल नेपाल नम्बर ९ गण महोत्तरीले चार जनालाई पक्राउ गरेको जनाएको छ ।

बरामद भएको चौरी गाईको पुच्छरको बजार मूल्य २८ लाख ३० हजार रुपैयाँ रहेको छ । पक्राउ परेकाहरूलाई चौरी गाईको पुच्छरसहित आवश्यक कारबाहीका लागि सशस्त्र वन सुरक्षा शाखा माईस्थान महोत्तरीमा बुझाइएको छ ।

पक्राउ पर्नेमा जलेश्वरकै विकासकुमार महत्तो, धादिङको गजुरी गाउँपालिका ८ का ३६ वर्षीय उमेशबहादुर बस्नेत, बाराको सिमरा नगरपालिका १ का ६० वर्षीय सुमन मान्नधर र धनुषाको हसपुर नगरपालिका ४ का ३७ वर्षीय मोहमद अजिन रहेका छन् ।

 


Thali Mobile Pvt.Ltd.