भर्खरै : Sorry, your browser does not support inline SVG.
सांसद सिद्धिकीले कानुन समिति बैठक छाडिन्, प्रतिवेदनका विषयमा असहमति | भोटेकोशी बाढीपछि ४३० मेगावाट विद्युत् प्रणालीबाट बाहिर, वैकल्पिक व्यवस्थापनको तयारी | सङ्घीय निजामती सेवा विधेयक संसदमा पेस गर्न सरकारको स्वीकृति | विद्यालय पुग्न विद्यार्थीको ज्यानकै बाजी : तुइनदेखि गाडीमा झुन्डिनेसम्म | महाकालीको बाढीले दोधारा–चाँदनीको झोलुङ्गे पुल भत्कियो, आवागमन बन्द | मजदुर राहतदेखि बेपत्ता विदेशी पर्यटकसम्मको तथ्याङ्क सार्वजनिक गर्न माग | ट्रम्प-सी भेटपछि अमेरिका-चीनले ३० अर्ब डलरका वस्तुमा घटाए भन्सार | पहिरोले देशभरका सडक प्रभावित, केही राजमार्गमा एकतर्फी यातायात |

३ जना नक्कली परीक्षार्थी कास्कीमा पक्राउ

३ जना नक्कली परीक्षार्थी कास्कीमा पक्राउ

कास्की । ३ जना नक्कली परीक्षार्थीलाई प्रहरीले पक्राउ गरेको छ । वन रक्षकको परीक्षामा परीक्षा दिने ती जनालाई प्रहरीले पक्राउ गरेको हो । गण्डकी प्रहरी तालिम केन्द्र पोखरा परिसरमा शुक्रबार भएको परीक्षामा नक्कली परीक्षार्थी पक्राउ परेको प्रहरीले जनाएको छ ।

लोक सेवा आयोग, गण्डकी प्रदेशले खुलाएको वन रक्षक पदको लागि भएको शारीरिक तन्दुरुस्ती परीक्षामा कागजातहरु जाँच गर्ने क्रममा ३ जना नक्कली परीक्षार्थी फेला परेका हुन् । उनीहरुले परीक्षार्थीहरुको नामको सक्कल नागरिकतामा आफ्नो फोटो टाँस गरेर परीक्षा दिँदै गरेका थिए ।

उनीहरुलाई जिल्ला अदालतबाट शिक्षा ऐनसम्बन्धी मुद्दामा ८ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । पक्राउ पर्नेमा कालीकोट जिल्ला रास्कोट २, सिपखानाका १९ वर्षीय प्रेम भण्डारी, रास्कोट ४ सिउनाका २० वर्षीय गौरी संज्याल र १८ वर्षीय अर्का एक जना छन् । उनी नाबालक भएकोले प्रहरीले परिचय खुलाएको छैन ।

 


Thali Mobile Pvt.Ltd.