भर्खरै : Sorry, your browser does not support inline SVG.
तीनकुने–गैरीगाउँ क्षेत्रका बासिन्दाले सामान सार्न थाले, पाँच स्थानमा पुनर्स्थापना गर्ने सरकारको तयारी | पेट्रोलियम पदार्थ आयातबाट साठी अर्ब अठतीस करोड राजस्व सङ्कलन | इरानी विदेशमन्त्री पाकिस्तानमा, अमेरिका–इरान वार्ताका लागि कूटनीतिक प्रयास तीव्र | वीरगञ्ज महानगरद्वारा भूमिहीनलाई ३० दिनभित्र सम्पर्कमा आउन आग्रह | सुखड बजारको होटलमा आगलागी, कामदारको जलेर मृत्यु | विश्वका १० देशमा तीव्र खाद्य असुरक्षा, द्वन्द्व र मल अभाव मुख्य कारण | विनाशकारी भूकम्प गएको १० वर्ष पूरा, पुनर्निर्माण र सम्झनाका बीच नेपाल | थापाथली सुकुम्बासी बस्तीमा अनधिकृत संरचना हटाउन डोजर चलाउन सुरु |

३०१ सदस्यीय केन्द्रीय कमिटी चैन, एकीकृत समाजवादीको नेताको जिम्मेवारी बाँडफाँट

३०१ सदस्यीय केन्द्रीय कमिटी चैन, एकीकृत समाजवादीको नेताको जिम्मेवारी बाँडफाँट

काठमाडौं । नेकपा एकीकृत समाजवादीले नेताहरुको जिम्मेवारी हेरफेर गरेको छ । ५ असोजदेखि ७ असोजसम्म बसेको पार्टीको केन्द्रीय कमिटी बैठकले सात जनालाई उपाध्यक्षमा चयन गर्ने निर्णय गरेसंगै अन्य नेताहरुको जिम्मेवारी हेरफेर गरेको हो ।

अध्यक्षमा माधवकुमार नेपाल, वरिष्ठ नेतामा झलनाथ खनाल, मर्यादाक्रममा तेस्रो नेतामा मकुन्द न्यौपानेलाई राखिएको छ । उपाध्यक्षहरुमा राजेन्द्र पाण्डे, प्रमेश हमाल, घनेन्द्र बस्नेत, केदार न्यौपाने, केशवलाल श्रेष्ठ, धर्मनाथप्रसाद साह र जयन्ती राईलाई जिम्मेवारी दिएको छ ।

बैठकले महासचिवमा डा. बेदुराम भुषाल, उपमहासचिव त्रयमा प्रकाश ज्वाला, डा. गंगालाल तुलाधर, डा. बिजय पौडेल रहेका छन् । सचिवमा नागेन्द्र चौधरी, जगन्नाथ खतिवडा, राजेन्द्रकुमार राई र रामकुमारी झाँक्री चयन भएका छन् ।

बैठकले ३५ सदस्यीय स्थायी कमिटी र ७१ सदस्यीय पोलिटव्युरो कमिटी गठन गर्ने निर्णय गरेको प्रवक्ता एवं नवनियुक्त सचिव जगन्नाथ खतिवडाले बताए । केन्द्रीय कमिटीको ३०१ सदस्यीय पुर्याइएको छ । बैठकले पार्टीको तात्कालिक कार्ययोजना–२०७८ पारित गरेको छ । प्रवक्ता खतिवडाका अनुसार नेपाली कम्युनिष्ट आन्दोलनमा हावी भएको दक्षिणपन्थी अवसरवाद र विसर्जनवादी प्रवृत्तिको भण्डाफोर गर्ने, पार्टीका नीति, सिद्धान्त र कार्यक्रमहरुको प्रचार प्रसार गर्ने कार्ययोजना रहेको छ ।

बैठकले केन्द्रीय परिषद्मा प्रत्येक प्रादेशिक निर्वाचन क्षेत्रबाट कम्तिमा एकजना केन्द्रीय आयोग, विभाग, जनसंगठनको समेत आवश्यक प्रतिनिधित्व हुनेगरी जम्मा ७०१ सदस्यीय हुने निर्णय गरेको छ । अनुशासन, निर्वाचन र लेखा गरी तीन आयोग रहने निर्णय बैठकले गरेको छ ।

Loader Loading...
EAD Logo Taking too long?

Reload Reload document
| Open Open in new tab

Download [183.57 KB]

Mohotsav


Thali Mobile Pvt.Ltd.