भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता | लेखा समितिमा राहदानी छपाई प्रकरणको छलफल रोकियो, सांसदको असहमतिपछि बैठक स्थगित | एक सातामै आत्मदाहका तीन घटनामा तीन जनाको मृत्यु, जलन उपचार सेवामा विशेषज्ञको अभाव | अष्ट्रेलियामा सबै अन्तर्राष्ट्रिय यात्रुका लागि डिजिटल यात्रु कार्ड लागू हुने, कागजी फाराम हटाइने | के हात्तीले वर्षौँसम्म रिस राख्छ ? | देशभर ४६ प्रतिशत मात्रै धान रोपाइँ सम्पन्न, गण्डकी अगाडि, कोशी सबैभन्दा पछाडि |

३४ जनाको कैद मिनाहा आधार स्पष्ट गर्न गृहलाई राष्ट्रपति कार्यालयको पत्राचार

३४ जनाको कैद मिनाहा आधार स्पष्ट गर्न गृहलाई राष्ट्रपति कार्यालयको पत्राचार

काठमाडौं । राष्ट्रपति कार्यालयले संविधान दिवसका दिन ३४ जनालाई कैद मिनाहा दिनुपर्ने आधार स्पष्ट लेखेर पठाउन गृह मन्त्रालयलाई पत्राचार गरेको छ ।

कैद मिनाहाका लागि प्रस्ताव गरिएका ३४ जनालाई मिनाहाको सिफारिसको आधार स्पष्ट पार्न तथा उनीहरूको व्यक्तिगत विवरण पठाउन पनि भनेको छ ।

गृह मन्त्रालयले मन्त्रिपरिषदबाट निर्णय भए बाहेक ३४ जनाको सूची पठाएपछि राष्ट्रपति कार्यालयले यसबारेमा चासो राखेको हो ।

सिफारिस गरिएका ३४ जनामध्ये अधिकांश ज्यानमुद्दा, तस्करी, सहकारी ठगीलगायतका मुद्दामा सजाय तोकिएका व्यक्तिहरू छन् ।

सरकारले असोज ३ गते संविधान दिवसका अवसरमा ६७० जना कैदीबन्दीलाई माफी दिने तयारी गरेको छ ।

कारागार व्यवस्थापन विभागले कैद माफीका लागि ८०० जनाको सूची पठाएकोमा शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले ६७० जनाको कैद मिनाहाका लागि राष्ट्रपतिलाई सिफारिस गरेको थियो ।

 


Thali Mobile Pvt.Ltd.