४ वर्षकी बालिकाको बलात्कारपछि हत्या, शव बगरमा भेटियाे

४ वर्षकी बालिकाको बलात्कारपछि हत्या, शव बगरमा भेटियाे

मकवानपुर । ४ वर्षकी बालिकाको बलात्कारपछि हत्या भएको छ । बागमती गाउँपालिका–७ कि बालिकालाई बुधबार उनकै नातेदारले गाउँमा पूजा रहेको समयमा ललाई फकाई नजिकैको पुलमुनि लगेर बलात्कार गरेपछि हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले खुलेको छ ।

हत्या आरोपमा पक्राउ परेका १६ बर्षका साजन भोलनले हत्या गरेको स्वीकार गरेको प्रहरीको भनाई छ । बालिकाको बलात्कारपछि हत्या गरेको उनले बयान दिएका छन् । बालिकाको टाउकोमा दुई पटक ढुङ्गाले हानेर हत्या गरेको प्रहरीले जनाएको छ ।

प्रारम्भिक चरणको अनुसन्धान सकिएपछि कागजी प्रक्रिया सुरु गरेको प्रहरी उपरिक्षक सुशीलसिंह राठौरले बताए । बालिकाको शब घर नजिकै बगरमा फेला परेको थियो ।

 


Thali Mobile Pvt.Ltd.