भर्खरै : Sorry, your browser does not support inline SVG.
भारतीय गाडी नेपालमै राखेर तस्करी, छुटपुर्जीको दुरुपयोगमा कर्मचारीको मिलेमतोको आशङ्का | इन्टरनेटको मूल्य घटेन, प्राधिकरणको कारबाही पनि प्रभावहीन ? | दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ |

५० वर्षयताकै भिषण हिमपात, हवाइ उडान र सडक बन्द

५० वर्षयताकै भिषण हिमपात, हवाइ उडान र सडक बन्द

स्पेन। स्पेनमा भीषण हिमपात भएको छ। यो हिमपात ५० वर्ष यताको सबैभन्दा ठूलो हिमपात भएको हो । देश नै रेड अलर्टमा राखेको सरकारले जनाएको छ। सबैभन्दा प्रभावित क्षेत्रमध्ये एक राजधानी म्याड्रिडमा ८ इन्चसम्म हिउँ जमेको छ।

हवाई उडान र सडकहरू बन्द गरिएका छन् । शुक्रबार साँझ राजधानी नजीकका राजमार्गमा थुप्रै सवारी साधनहरु फसेका थिए। हिमपातका कारण अहिलेसम्म तीनजनाको मृत्यु भएको छ भने सयौं सवारी चालकहरू अलपत्र परेका छन्। फिलोमेना नामको तूफान जिब्राल्टरको सामुद्रिक क्षेत्रबाट उत्तरतिर लागेकाले लगातार हिमपात भएको स्पेनको मौसम विज्ञान बिभागले जनाएको छ।

राजधानी म्याड्रिड अलवा अल्बासेट, कुएन्का, टोलेडो, गुआडालाजारा, भ्यालेन्सिया, कास्टेलन, तारागोना,टेरुएल र सारगोजामा ८ इन्चसम्म हिउँ जम्ने अनुमान छ। अहिले राजमार्ग बन्द छन् भने जनजीवन कष्टकर भएको छ। को छ।

 


Thali Mobile Pvt.Ltd.