भर्खरै : Sorry, your browser does not support inline SVG.
मुख्य राजमार्गहरूमा बाढी–पहिरोको कहर, कतै सडक बन्द त कतै एकतर्फी सञ्चालन | काभ्रेमा पानीको स्रोत जोगाउन ‘पानी–पुनजीर्वित कार्यक्रम’ सञ्चालन | युक्रेन युद्धको विरोध गर्ने रुसी विपक्षी नेता श्लोसबर्गलाई ११ वर्ष जेल | ग्यासका लागि घण्टौँ लाइन, पैसा तिर्‍यो तर बिल पाएनन् उपभोक्ता | जापानिज इन्सेफलाइटिसबाट ६३ संक्रमित, १६ जनाको मृत्यु, अधिकांश मृतकले खोप नलगाएको पुष्टि | दुर्गा प्रसाईंसँग वार्ता गर्न सरकारको टोली गठन, आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान | चिनीको भाउ एक महिनामै २० रुपैयाँसम्म बढ्यो, अभावको हल्लाले उपभोक्ता त्रसित | मकवानपुरमा मुख्य न्यायाधीश डाँगीको परिवार सवार स्कोर्पियो दुर्घटना |

७ अर्ब ८० करोड पुग्यो विश्वको जनसंख्या, एक नम्बरमा चीन

७ अर्ब ८० करोड पुग्यो विश्वको जनसंख्या, एक नम्बरमा चीन

काठमाडौं । ७ करोड ४० लाखले विश्वको जनसंख्या बढेको जनाइएको छ । अमेरिकी तथ्यांक व्यूरोले विश्वको जनसंख्या ७ अर्ब ८० करोड पुगेको तथ्यांक सार्वजनिक गरेको हो । विश्वमै चीन सबैभन्दा धेरै जनसंख्या भएको देशको रुपमा परिचित रहेको छ । यहाँको जनसंख्या १ अर्ब ४० करोड रहेको तथ्यांकमा उल्लेख गरिएको छ ।

चीनपछि भारतको जनसंख्या १ अर्ब ३८ करोड पुगेको छ । जनसंख्याको दृष्टिले अमेरिका विश्वकै तेस्रो ठूलो देश बनेको छ । अमेरिकाको जनसंख्या ३३ करोड २० लाख पुगेको छ । अमेरिकापछि इण्डोनेसिया र पाकिस्तान क्रमशः चौंथो र पाँचौं ठूलो देश बनेका छन् ।

इन्डोनेसियाको जनसंख्या २७ करोड ५० लाख छ भने पाकिस्तानको २३ करोड ८० लाख नाघेको छ । सन् २०२१ मा विश्वको जनसंख्या शून्य दशमलव ९ प्रतिशतले वृद्धि भएको हो । समग्रमा विश्वको जनसंख्या बढे पनि बृद्धि दर भने सन् १९६० को मध्यदेखि निरन्तर घटिरहेको छ ।

 


Thali Mobile Pvt.Ltd.