भर्खरै : Sorry, your browser does not support inline SVG.
दार्चुलामा भारत निकासी गर्न लागिएको ३९ बोरा झ्याउ बरामद, चार जना पक्राउ | सुनको मूल्यमा एकैदिन ५ हजार ३ सय रुपैयाँ वृद्धि, तोलाको २ लाख ९२ हजार पुग्यो | अर्थमन्त्री स्वर्णिम वाग्लेमाथि संसदीय छानबिन समिति गठन गर्न नेकपाको माग | नेपालमा लागुऔषध नियन्त्रण गर्न प्रहरीको ३ वर्षे विशेष कार्ययोजना | गण्डकीसहित ५ प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने, सतर्कता अपनाउन आग्रह | पालिकाहरूमा नीति कार्यक्रम र बजेट तर्जुमाको लागि स्थलगत सहजीकरण टोली गठन | जोहानेसबर्गमा गोलीबारी, कम्तीमा १२ जनाको मृत्यु | डेङ्गीको सङ्क्रमणदर घटाउन ‘सफा शुक्रबार’ कार्यक्रम सञ्चालन गर्ने सरकारको तयारी |

अचानक राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता

अचानक राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच अचानक भेटवार्ता भएको छ ।

राष्ट्रपति भण्डारीलाई भेट्न प्रधानमन्त्री ओली शितल निवास पुगेका हुन् ।

भेटमा के के कुराकानीबारे भयो भन्नेबारे खुलेको छैन । समसामयिक परिस्थितिबारे राष्ट्रपतिलाई बिफ्रिङ प्रधानमन्त्रीले गरेको बताइएको छ ।

यसैबीच ओली समूहले प्रतिबन्ध लगाएको कालो मास्क नेकपा प्रचण्ड–माधव पक्षले बाँड्दै हिडेकाे छ । राष्ट्रिय युवा संघको कार्यक्रममा कालो मास्क वितरण गरिएको हाे । नेकपा केपी ओली पक्षको कार्यक्रममा कालो मास्क लगाउनेलाई प्रतिबन्ध गरिएकोमा याे पक्षले ठीक उल्टो गरेकाे भेटिएको हाे ।

 


Thali Mobile Pvt.Ltd.