भर्खरै : Sorry, your browser does not support inline SVG.
दुई साता बित्यो, कर्णाली सरकार अझै अधुरै : मुख्यमन्त्रीमाथि आफ्नै दल र एमालेको दबाब | स्रोत नखुलेको ५२ लाख ५० हजार रुपैयाँसहित वीरगन्जबाट चार जना पक्राउ | पर्सामा १०५ किलो गाँजासहित भारतीय नागरिक पक्राउ | बाढी–पहिरोले देशभरका विभिन्न राजमार्ग अवरुद्ध, वीपी र कान्ति लोकपथमा राति सवारी रोक | म्याग्दीमा पहिरोले घारखोला जलविद्युत् आयोजनाको विद्युत्गृह पुरियो, एक सुरक्षा गार्ड बेपत्ता | बढ्यो अण्डाको भाउ, एक्सएल अण्डा प्रतिक्रेट ५६० रुपैयाँ | कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, १११ जनाको मृत्यु | गौरमा खाजा घरभित्रै गाँजाको कारोबार, ७ सय ग्राम गाँजासहित सञ्चालक पक्राउ |

अछुत साम्राज्यको जयस्थिति मल्ललाई मरणोपरान्त फाँसीको सजाय हुनु पर्छ : हस्त

अछुत साम्राज्यको जयस्थिति मल्ललाई मरणोपरान्त फाँसीको सजाय हुनु पर्छ : हस्त

सूर्य चन्द्र तारा ग्रहका क्रियाकलापबाट मानिसहरु छुट्कारा पाउन सक्दछन् तर आफैले गरेका पापबाट छुट्कारा पाउन सक्दैन । त्यसैकारणले असहिष्णुबाट विवेकवान अहंकारी नम्रताबाट स्वाभिमान हुन जरुरी छ । दया र सम्वेदनशीलताको अभाव अनि एउटै मानव जाति बिच अपमानित अमर्यादित विभेद भइरहेको छ ।

यसको अन्त्य हुनु जरुरी छ । जिवित प्राणी एक अर्काप्रतिको अनुकम्पा अभाव नै यसको समस्या भन्न सकिन्छ । दलित गरिब कुनै अपमानित व्यक्ति सत्यको संसारभन्दा बेग्लै किसिमको बच्नु परेको छ । दुष्टताको व्यवहारको प्रचार भैरहेको छ । जनवार, वनस्पती, खनिज र मानव जाति त्यही धर्तिबाट मानिसको सृष्टि भएको हो, तर यहाँ जातिय विभेदका कारण दलित बीच भएका हिंसा र ज्यादति घटनालाई सतही रुपमा हेर्दा सामान्य अपराधीको रुपमा ठान्दछन् ।

वास्तवमा मान्छेको जात मान्छे नै हो यसको अर्को जात छैन । जयस्थीती मल्लले करिब आठ सय वर्ष पहिला अछुत सम्बन्धको विजारोपण गरेका जसका कारण अहिले सम्म मान्छेले विभेद खेप्नु परेको छ ।त्यसैले उनलाई मृत्युपश्चात पनि फाँसीको सजाय हुनु पर्छ । उनले आफ्नो जुत्ता सिलाउनेलाई परै बस्न भनेपछि उनलाई सार्की भन्न थालियो । त्यहाँबाट भयो विभेदको साम्राज्य पछी सबैलाई कामको आधारमा जात विभाजन गरियो, फेरि पछि ती यथास्थितिवादी विचारका रोगी समाजले जातलाई तल्लो दर्जामा राखेर जातिय भेदभाव छुवाछुत गर्न थालियो ।

हुँदा हुँदा आजसम्म यथावत हुँदै आयो, यो कुरिति सामूल विनासको लागि सबैको अपरिहार्य आवश्यक छ । जसरी निर्दोष पशुपंक्षी मानवको मिठासको लागि हत्या गरिन्छ र हिन्दुधर्ममा मन्दिरका पुजारीहरुले आफ्नो स्वार्थका लागि मात्र भगवान देवताको नाममा पशुहत्या गरिन्छ । यो हिंसा मानव समाजको लागि दुःख त हो तर फरक यति मात्र हो वनपालुवा जनावर मार्दा सजाय छ तर घरपालुवा जनावर कानुन कै अगाडि मार्दा रमाइलो छ ।

त्यसैले त घरपालुवा जनावरले मृत्यु स्वीर्कान बाहेक विकल्पै छैन । त्यसरी दलित समुदायमा पनि अपमानित, अमर्यादित जीवन बिताउन बाध्य हुन पारियो तर यो धर्तीमा सबै मानव जातिहरु कुनै किरा हुँदै ढेंडु बाँदर हुँदै मानवको रुपमा रुप धारण हुँदै चेतनशील मानव जाति भयो । त्यसैले हामी सबै एकै छहारीका हौं । तसर्थ यो भैरहेको असमानता र विभेद कुसंस्कार, कुपरम्परा, कुव्यवहार, हत्या, हिंसा यी सबै खाले कुहर्कतको समूल विनास गर्न यो गणतन्त्र नेपालमा जरुरी छ ।
हस्त परियार १७ असार २०७२

 


Thali Mobile Pvt.Ltd.