भक्तपुर । भक्तपुर जिल्ला कोषाध्यक्ष केशवप्रसाद अधिकारी र चाँगुनारायण नगरपालिका वडा नं ७ का वडा अध्यक्ष श्यामकृष्ण नायजू श्रेष्ठलाई तत्काल रिहाइ गर्न राष्ट्रिय प्रजातन्त्र पार्टीले माग गरेको छ । अनावश्यक दुःख नदिन माग गर्दै पार्टीले एक प्रेस विज्ञप्तिसमेत जारी गरेको छ ।
सुडालको पर्ती जग्गा बेचेको आरोपमा जिल्ला कोषाध्यक्ष अधिकारी र भक्तपुरका ईश्वरी गाइँजूलाई प्रहरीले नियन्त्रणमा लिएको विषयलाई लिएर बदनियत र चरित्र हत्या गरिएको भन्दै राप्रपाले खेद प्रकट गरेको छ । रफत सञ्चार क्लवमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पार्टी सहमहामन्त्री रविन्द्र प्रताप शाहले कपोलकप्पित आरोप लगाएको समेत जानकारी दिए ।
सोही विषयमा नवनिर्वाचित वडा अध्यक्ष श्याकृष्ण नायजु श्रेष्ठलाई समेत कपोलकल्पित अभियोग लगाईएको राप्रपा जिल्ला अध्यक्ष राम शरण लामिछानेले बताए ।
‘करारिय विषयवस्तुको सम्बन्धमा जाहेरीवाला आफैंले भक्तपुर जिल्ला अदालतमा मुद्धा दर्ता गरेको र कारबाहीको प्रक्रिया विचाराधीन रहेकोमा गलत नियतका साथ अदालतमा कारबाहीको प्रक्रियामा नै रहेको र सोही करारको आधार बनाई नवनिर्वाचित वडा अध्यक्ष श्याकृष्ण नायजु श्रेष्ठलाई समेत कपोलकल्पित अभियोग लगाई पार्टी र जनप्रतिनीधिलाई समेत बद्नाम गर्ने मनसायबाट अपराध महाशाखामा जाहेरी दिई दुःख दिने र बद्नाम गर्ने नियतका सागथ मुद्धा नै नचल्ने मुद्धामा अनुसन्धान गरी थुनाममा राख्ने कार्य भएको हुँदा पार्टीका जिल्ला कोषाध्यक्ष तथा ज्येष्ठ नागरिक केशब अधिकारीलाई नियतवस फसाइ दुःख दिने कार्य भएको प्रति पार्टीको ध्यानाकर्षण भएको छ ।’ राप्रपा भक्तपुरद्धारा जारी विज्ञप्तीमा भनिएको छ ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्…
