भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

आठबीस नगरको विकास र समृद्धिका लागि गम्भीरताका साथ सोचेको छु : मेयर तर्क बडुवाल

आठबीस नगरको विकास र समृद्धिका लागि गम्भीरताका साथ सोचेको छु :  मेयर तर्क बडुवाल

दैलेख । दैलेखको आठबीस नगरपालिका प्रमुख तर्क बहादुर बडुवालले आठबीस बासिले दिएको जिम्मेवारीलाई गम्भीरता पूर्वक लिएको बताएका छन् । आठबीस नगरपालिकामा नवनिर्वाचित जनप्रतिनिधिहरूलाई स्वागत तथा निवर्तमान जनप्रतिनिधिहरूलाई शुक्रबार विदाई गर्दै मेयर तर्क बडुवपालले आठबीसका जनताले दिएको जिम्मेवारी गम्भीताका साथ पुरा गर्ने प्रतिवद्धता व्यक्त गरेका हुन ।

उनले कुराले भन्दा पनि काम गरेर देखाउने वचन दिदै आठबीसका सम्पुर्ण जनप्रतिनिधिहरूलाई जनताको पक्षमा काम गर्न निर्देशन समेत दिए । आठबीस नगरपालिका उपप्रमुख कल्पना कुमारी थापाले वैशाख ३० गते सम्म आफू उम्मेदवार भएपनि निर्वाचनमा विजयी भएपछि सम्पुर्ण आठबीसबासीको प्रतिनिधि भएको बताइन ।

उनले आठबीस एउटा परिवार भएकाले पहिचान गरिएका सम्पूर्ण समस्याको समाधान गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गर्दै आठबीसका नागरिकलाई काठमाडौंसंग जोड्ने प्रयास गर्ने र काठमाडौंमा पाइने सेवा सुविधाको अनुभूति हुने गरी काम गरेर देखाउने बताइन । कार्यक्रममा नवनिर्वाचित जनप्रतिनिधिलाई बधाई दिदै पूर्व मेयर खड्गराज उपाध्यायले जनताको सेवाको लागि सधै आफूले नवनिर्वाचित जनप्रतिनिधिहरुलाई साथ दिने बताए ।

उनले विगतको पाँच वर्षको अवधिमा गरेका कार्यहरुको समिक्षा गर्दै नयाँ कार्य योजना बनाउनुपर्नेमा जोड दिए । कार्यक्रममा पूर्व उपप्रमुख दिपा बोहोराले समग्र विकासका लागि पक्ष–विपक्ष नहेरेर जनताको अपेक्षा अनुरूप काम गर्नुपर्ने बताईन । कार्यक्रममा आठबीस नगरपालिका प्रमुख प्रशासकिए अधिकृत दिल बहादुर शाही र वडा अध्यक्षहरुले पनि आ–आफ्नो विचार व्यक्त गरेका थिए ।

 


Thali Mobile Pvt.Ltd.