भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

अध्यादेशले संविधानलाई जवर्जस्ती करणी गर्याे: बामदेव गाैतम

अध्यादेशले संविधानलाई जवर्जस्ती करणी गर्याे: बामदेव गाैतम

काठमाडौं । फरक टिप्पणी गरेर चर्चा कमाउन नेताहरु माहिर छन् । यतिबेला नेकपाका उपाध्यक्ष वामदेव गौतमले संवैधानिक परिषदसम्बन्धी अध्यादेशबाट संविधानमाथि बलात्कार भएको टिप्पणी गरेर चर्चा कमचाएका छन् ।

सरकारले मंगलबार जारी गरेको अध्यादेशबारे कडा प्रतिक्रिया दिँदै उपाध्यक्ष गौतमले अध्यादेशमार्फत् ऐन संशोधन गर्न पाइने तर संविधान संशोधन गर्न नपाइने कडा प्रतिक्रिया दिएका छन् ।प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट संवैधानिक परिषदसम्बन्धी अध्यादेश जारी गरिएको थियो ।

मन्त्रिपरिषदलाईसमेत थाहा नदिई जारी गरिएको अध्यादेशमा बहुमतका आधारमा निर्णय गर्न सकिने व्यवस्था छ । प्रधानमन्त्रीसहित ३ जनाकै उपस्थितिमा संवैधानिक परिषद बैठक अध्यादेशबारे प्रतिक्रिया दिँदै उपाध्यक्ष गौतमले यस्तो प्रतिक्रिया दिएका हुन । उनको टिप्पणी छ, अहिले जारी अध्यादेशले एकैचोटि ऐन र संविधान दुवैलाई संशोधन गरेको छ ।

कतिपय ऐनमा संविधानको व्यवस्था जस्ताको त्यस्तै राखेको हुन्छ । त्यो संशोधन गर्न ऐन होइन संविधान नै संशोधन गर्न पर्छ । जवर्जस्ती गरियो भने त्यो संविधान माथिको बलात्कार हुन्छ । अहिले त्यही भएको छ ।’ अध्यादेश संविधानको भावना, सचिवालय र स्थायी कमिटीको निर्णयविरुद्ध भएको पनि पनि उपाध्यक्ष गौतमले दावी गरेका छन् । अध्यादेशको अरु राजनीतिक दल र नेकपाका अन्य नेताहरुको पनि विरोध रहेको छ ।

 


Thali Mobile Pvt.Ltd.