भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

अस्पताल सुधारका लागि गण्डकी प्रदेश सरकारकाे चासो

अस्पताल सुधारका लागि गण्डकी प्रदेश सरकारकाे चासो

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कोरोना सङ्क्रमितको उपचार गराइराखेको धवलागिरि अस्पताल बागलुङको निरीक्षण गर्नुभएको छ । मुख्यमन्त्री गुरुङले मङ्गलबार साँझ अस्पतालको समस्या तथा कोरोना रोकथामका विषयमा जानकारी लिनुभएको थियो । अस्पताल सुधारका लागि गण्डकी प्रदेश सरकारले चासो दिएको भन्दै मुख्यमन्त्री गुरुङ अस्पताल सुधारका लागि पटकपटक निरीक्षणमा आउने गरेको धवलागिरि अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केबी रानामगरले जानकारी दिनुभयो ।

मगरका अनुसार मुख्यमन्त्री गुरुङले अस्पतालको अक्सिजन प्लान्ट, आइसीयू, सर्जिकल वार्डलगायतको अवलोकन गर्नुभएको थियो । मुख्यमन्त्री गुरुङले कोरोना सङ्क्रमित भएर आइसोलेसन तथा आइसीयूमा रहेका बिरामीको अवस्था सिसीटिभी फुटेजबाट प्रत्यक्ष अवलोकन गरी जानकारीसमेत लिनुभएको थियो । अस्पताल व्यवस्थापन समितिले निरीक्षणमा पुग्नुभएकोमुख्यमन्त्रीलाई आइसीयूकक्षलाई सबै क्षमतामा चलाउन जनशक्ति अभाव रहेको, तीन शय्याको आइसीयूलाई पाँच शय्यामा स्तरवृद्धि गर्नुपर्ने र अक्सिजन भर्ने उपकरण खरिदका लागि बजेट मागलगायतका समस्या अवगत गराएको थियो ।

मुख्यमन्त्री गुरुङले गण्डकी प्रदेश सरकारको पहलमा धवलागिरि अस्पतालमा निकै सुधार आएकामा खुशी व्यक्त गर्नुभयो । उहाँले कोरोना रोकथाममा अस्पतालले खेलको भूमिकाप्रति प्रशंसा गर्नुभएको थियो । धवलागिरि अस्पताल गण्डकी प्रदेशमै पहिलोपटक कोरोना सङ्क्रमितको उपचार गर्ने अस्पताल हो । शुरुमा कोरोना सङ्क्रमित राख्दै आएको अस्पतालले पछिल्लो समय सङ्क्रमितको चाप बढ्दै गएपछि लक्षण देखिएका सङ्क्रमितलाई मात्रै भर्ना लिँदै आएको छ । अस्पतालमा हाल तीन आइसीयू, दुई भेन्टिलेटर र २५ शय्याको आइसोलेसनकक्ष रहेको छ । गण्डकी प्रदेश सरकारले २०० शय्याको उपप्रादेशिक अस्पताल बनाउने लक्ष्यअनुरूप काम भइरहेको मुख्यमन्त्री गुरुङले जानकारी दिनुभयो । रासस

 


Thali Mobile Pvt.Ltd.