भर्खरै : Sorry, your browser does not support inline SVG.
सरकारको ऋण बढ्दो, नयाँ ऋणको ठूलो हिस्सा पुरानो साँवा–ब्याज तिर्नमै खर्च | एल निनो तीव्र बन्दै, डिसेम्बरमा उत्कर्षमा पुग्ने डब्ल्यूएमओको अनुमान | चाडपर्वमा हवाई यात्रुलाई राहत, सस्तो दरमै टिकट बेच्न वायुसेवा कम्पनी सहमत | एनपीएलको तयारी तीव्र, त्रिवि क्रिकेट मैदानको स्वरूप बदलिँदै | काठमाडौंमा लुटपाट र मोटरसाइकल चोरीमा संलग्न ‘माझी गिरोह’का नाइकेसहित तीन जना पक्राउ | दशैँ नजिकिएसँगै नयाँबसपार्कमा घर फर्किनेको चाप बढ्यो | भक्तपुरको शिक्षा प्रणालीबारे वरिष्ठ शाखा अधिकृत प्रशिक्षार्थीले लिए जानकारी | बाजुरामा ड्रागन फ्रुटको व्यावसायिक खेती, पाँच रोपनीबाट वार्षिक लाखौँ आम्दानी |

अन्तरराष्ट्रिय युवा दिवस देशभर मनाउने

अन्तरराष्ट्रिय युवा दिवस देशभर मनाउने

१६ साउन २०७७ काठमाडौं । विश्व अभियानका लागि युवा सहभागिता, रोजगारी प्रवर्धन र वातावरण संरक्षणमा युवा संलग्नता भन्ने मूल नाराका साथ साउन २८ गते यस वर्षको अन्तरराष्ट्रिय युवा दिवस देशभर मनाउने भएको छ ।

राष्ट्रिय युवा परिषद्को आयोजनामा कोभिड–१९ को कारणले वृहत भर्चुअल कार्यक्रम गर्न थालिएको परिषद्का कार्यकारी उपाध्यक्ष माधवप्रसाद ढुङ्गेलले जानकारी दिए ।दिवसका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअलबाट उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।

दिवसको अवसरमा ¥याली, अन्तरक्रिया, रक्तदान, नाटक, सरसफाइ, नीति सम्वाद, साँस्कृतिक कार्यक्रम, वृक्षरोपण, वक्तृत्वकला प्रतियोगितालगायतका युवा लक्षित कार्यक्रम राखिएको परिषद्का सूचना अधिकारी ध्रुवराज पौडेलले बताए । सन् १९९९ देखि हरेक वर्षको अगस्ट १२ (साउन २८)लाई अन्तरराष्ट्रिय युवा दिवसका रूपमा मनाउने गरिएको छ । नेपालमा भने सन् २००४ देखि युवाका क्षेत्रमा काम गर्ने विभिन्न गैरसरकारी संस्थाको आयोजनामा कार्यक्रम मनाउन थालिएको हो । ।

 


Thali Mobile Pvt.Ltd.