भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढीपछि तिब्बत पुगे चिनियाँ प्रधानमन्त्री ली छ्याङ, उद्धार र राहतको स्थलगत निरीक्षण | गोसाइँकुण्डबाट फर्किने पर्यटकलाई मन्त्रालयको आग्रह : धुन्चेतर्फको नियमित सडकमार्ग प्रयोग नगर्नु | विनाशकारी बाढीमा हाइड्रो इन्जिनियर सत्यसुन्दर प्रजापतिको मृत्यु, धादिङमा २१ शव फेला | रसुवा बाढीको कहर : आठ जिल्लामा भेटियो २८९ जनाको शव | विपद्पछि एकजुट भए राजनीतिक दल, उद्धारदेखि पुनर्निर्माणसम्म सरकारलाई सहयोग गर्ने प्रतिबद्धता | हिमपहिरोपछि आएको बाढीले नेपाल–चीन दुवैतर्फ ठूलो क्षति, सयौँ बेपत्ता | १६ सय विद्यार्थीको ज्यान जोगाउने १५ मिनेटको निर्णय, विद्यालय नै बगरमा परिणत | सीमाबाट ६ घण्टामा यसरी नारायणी पुग्यो बाढी |

अन्तर प्रदेश सार्वजनिक यातायातमा यात्रुवाहक र मालवाहक गाडीको भाडादर बढ्यो

अन्तर प्रदेश सार्वजनिक यातायातमा यात्रुवाहक र मालवाहक गाडीको भाडादर बढ्यो

काठमाण्डौ । पेट्रोलियम पदार्थको मूल्य बृद्धिसंगै सार्वजनिक गाडीको भाडा बढेको छ । बुधबार यातायात व्यवस्था विभागले अन्तर प्रदेश सार्वजनिक यातायातमा यात्रुवाहक र मालवाहक गाडीको भाडादर बढाएको हो ।

पेट्रोलियम पदार्थमा मूल्यवृद्धि भएसँगै सरकारले तोकेको नयाँ भाडादरअनुसार अब यात्रुवाहक गाडीको भाडा चार दशमलव ७० प्रतिशतले बढेको छ । नेपाल आयल निगमले हिजो मङ्गलवार पेट्रोलमा प्रतिलिटर पाँच रुपैयाँ र डिजल तथा मट्टीतेलमा प्रतिलिटर १४ रुपैयाँ बढाएको थियो ।

पहाडी बाटोमा सञ्चालन हुने मालवाहक गाडीको भाडा छ दशमलव १५ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक गाडीको भाडा छ दशमलव ८३ प्रतिशतले बढेको हो । बढेको भाडादर बुधबारदेखि लागू भएको छ । विभागका अनुसार भाडा दुई वा दुईभन्दा बढी प्रदेश अथवा राष्ट्रियस्तरमा सञ्चालन हुने सार्वजनिक गाडीमा मात्र लागू हुने भएको जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.