भर्खरै : Sorry, your browser does not support inline SVG.
१ डलर बराबर २० लाख इरानी रियाल ! कमजोर बन्दै मुद्रा, महँगीले थलिँदै इरानी जनता | बाढी प्रभावित जिल्लामा फेरि भारी वर्षाको जोखिम, रातभर सतर्क रहन आग्रह | रसुवा बाढीमा ८ बैंकका २६ कर्मचारी सम्पर्कविहीन, शाखा कार्यालयमा क्षति | प्रधानमन्त्री बालेनसँग मोदीको टेलिफोन संवाद, नेपाललाई सहयोग गर्ने प्रतिबद्धता | भोटेकोशी बाढीको त्रास : २२ जनाको मृत्यु, ६५ घाइते उद्धार | चीनतर्फबाट आएको बाढीमा २५ घाइते, काठमाडौंका तीन अस्पतालमा उपचार जारी | भक्तपुरमा ३८औँ कलेजो प्रत्यारोपण सफल, दाता र ग्रहणकर्ता दुवै डिस्चार्ज | बाढीपीडितको उपचारमा जुट्दै बागमती सरकार : भक्तपुरसहित तीन अस्पतालका स्वास्थ्य टोली प्रभावित क्षेत्रमा |

बेरोजगारी तथ्याङ्क सार्वजनिक गर्न रोक

बेरोजगारी तथ्याङ्क सार्वजनिक गर्न रोक

काठमाण्डौ । चीनले उमेर समूहको बेरोजगारी तथ्याङ्क सार्वजनिक गर्न रोक लगाएको छ । हरेक महिना सार्वजनिक हुने तथ्याङ्कले पछिल्लो समय रेकर्ड बनाउन थालेपछि चीनले उक्त कदम चालेको हो ।

चीनको राष्ट्रिय तथ्याङ्क विभाग (एनबीएस) ले पछिल्लो पटक अर्थतन्त्रका सूचकहरूको मासिक स्थिति सार्वजनिक गरे पनि यो उमेर समूहको बेरोजगारीबारे तथ्याङ्क सार्वजनिक नगरेको जनाएको छ । चीनले सन् २०१८ मा उमेर समूहको बेरोजगारीको तथ्याङ्क प्रकाशित गर्न थालेको थियो । चीनमा कोरोना महामारीपछि आर्थिक सुधार सुस्त गतिमा रहेको छ  ।

गएको जुनमा सार्वजनिक भएको तथ्याङ्क अनुसार चीनका सहरी क्षेत्रमा १६ देखि २४ वर्ष उमेर समूहका युवामध्ये २१ दशमलव ३ प्रतिशत बेरोजगार रहेको सार्वजनिक भएको थियो ।

 

 


Thali Mobile Pvt.Ltd.