भर्खरै : Sorry, your browser does not support inline SVG.
नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन | एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी | भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न ३ महिनाको समयसहित संसदीय विशेष समिति गठन | ट्राफिक प्रहरीसँग विवादपछि काठमाडौँमा मिनीबसमा आगलागी, चालक गम्भीर घाइते | हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह |

अफगानिस्तानमा १ सय २० जनाको मृत्यु

अफगानिस्तानमा १ सय २० जनाको मृत्यु

एजेन्सी । अफगानिस्तानमा १ सय २० जनाको मृत्यु भएको छ । ६ दशमलव ३ म्याग्नेच्युडको भुकम्प गएछि भुकम्पमा परि १ सय २० जनाको मृत्यु भएको हो । भुकम्पका कारण सयौ भवनहरु भग्नावशेषमा परिणत भएका छन् । पटक पटक गरी ३ पटक सम्म गएको भुकम्पका घाइतेहरुले अस्पताल खचाखच भरिएको छ ।

हेरात प्रान्तको प्रकोप व्यवस्थापन प्रमुख मोसा अशारीले घाइते मध्ये महिला र बालबालिका लगाएत बृद्धबृद्धाको संख्या अत्यधिक रहेको भन्दै हजारौं उद्धारकर्मीहरु परिचालन गरिएको जनाएका छन् । अफगानिस्तानको साँस्कृतिक राजधानी मानिने हेरात शहरको इन्जिल जिल्ला भुकम्पले बढी प्रभावित भएको छ ।

यसअघि गत वर्षको जुनमा पाकटिकामा ५ दशमबल ९ म्याग्निच्युडको भूकम्प जाँदा १ हजार बढीले ज्यान गुमाएका थिए । भुकम्पमा १ हजार घाइते हुँदा सयौं भग्नावशेषमा पुरिएका छन् । पश्चिमी अफगानिस्तानको इरानको सीमा नजिक रहेको पश्चिमी शहर हेरातभन्दा ४० किलोमिटर टाढा केन्द्रबिन्दु मापन गरिएको भुकम्पको धक्का इरान सम्म महसुस गरिएको थियो ।

 


Thali Mobile Pvt.Ltd.