भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

अफगानिस्तान तापक्रम माइनस २१ डिग्रि सेल्सियस, चिसोले २० को मृत्यु

अफगानिस्तान तापक्रम माइनस २१ डिग्रि सेल्सियस, चिसोले २० को मृत्यु

काठमाडौ। अत्यधिक चिसोका कारण अफगानिस्तानमा २० जनाको मृत्यु भएको छ । तापक्रम माइनस २१ डिग्रि सेल्सियस भएका कारण २० जनाको मृत्यु भएको हो । अफगानिस्तानको बद्घिस र अन्य प्रान्तमा चिसोले ४ हजार गाईवस्तु मरेको खबर छ । हेरात प्रान्तको क्षेत्रीय अस्पतालहरु चिसोका कारण बिरामी भएकाहरुले खचाखच भरिएका छन् ।

अफ्गानिस्तानले इतिहासमा सबैभन्दा ठूलो मानवीय संकटको सामना गरिरहेको छ । त्यहाँको जनजीवन नराम्ररी प्रभावित भएको समाचार संस्थाहरुले जनाएका छन् ।
गरिबीको चरम अभावमा रहेको अफ्गानिस्तानमा खाद्यान्न र इन्धन अभावले समस्याग्रस्त र चिसो बढ्न थालेपछि यहाँको जनजीवन थप कष्टकर बन्दै गएको छ ।

तालिवानले गत वर्ष काबुलमा सत्ता कब्जा गरेपछि ४ करोड अमेरिकी डलरको १८ प्याकेज र ३२ मिलियन अमेरिकी डलरका ३० भन्दा बढी प्याकेजहरू घोषणा गरेको थियो । सहयोगका बाबजुद अफगानिस्तानको गरिबी, कुपोषण र बेरोजगारी दर अझ खस्कँदो छ । यसका साथै प्राकृतिक प्रकोपहरूले अफगानहरूको अवस्था अझ खराब बनाएको छ ।

 

 

 


Thali Mobile Pvt.Ltd.