भर्खरै : Sorry, your browser does not support inline SVG.
स्पेनमा भीषण रेल दुर्घटना, ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक | शनिबारसम्म वर्षा र हिमपातको सम्भावना, पाकेको धान नकाट्न मौसमविद्को सुझाव | जिज्ञान थापाको राजदूत नियुक्ति अन्योलमा, सुनुवाइ समितिको निर्णय कुर्दै सरकार | भक्तपुरमा पक्षघातबारे जनचेतना, निःशुल्क स्वास्थ्य परीक्षण | तीन महिनामै ३ अर्ब ६४ करोडको चामल आयात, कृषिप्रधान देशकै अर्बौं रुपैयाँ विदेशियो | ‘अर्नब’ चक्रवातको सम्भावित प्रभाव नेपालमा पनि, भारी वर्षा र हिमपातको जोखिम | वैदेशिक व्यापार ४० प्रतिशतभन्दा बढीले बढ्यो, निर्यात १ खर्ब नाघ्यो | स्पेनमा दुई तीव्र गतिको रेल ठोक्किए, ३९ जनाको मृत्यु |

वर्षा र हिमपातका कारण जनजीवन प्रभावित हुने, सर्तकता अपनाउन अपिल

वर्षा र हिमपातका कारण जनजीवन प्रभावित हुने, सर्तकता अपनाउन अपिल

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले बिहीबारदेखि हिउँदे वर्षा हुने बताएको छ । हिउदे याम सुरु भएपछि वर्षा नभएको जनाउदै नेपालमा न्युन चापीय वायु प्रणाली सक्रिय भएका कारण मौसम बदली हुने महाशाखाले जनाएको हो । न्युन चापीय वायु प्रणाली सक्रिय भएपछि त्यसकै प्रभाव स्वरुप मौसम बदली भई हुस्सु तथा बादल लागेको जनाइएको छ ।

बुधबार बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्रमा आंशिक बदलीको अवस्था रहेको र तराईमा बाक्लो हुस्सु लागेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार बुधबार प्रदेश १, गण्डकी र कर्णालीका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात हुनेछ । राति कर्णाली र सुदूरपश्चिमका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ ।

वर्षा र हिमपातका कारण जनजीवन प्रभावित हुने भन्दै महाशाखाले सतर्ककता अपनाउन अपिल गरेको छ । सुदूरपश्चिम र कर्णाली प्रदेशबाट बिहीबार वर्षा हुन सुरू हुने र क्रमशः पूर्वतर्फ सर्ने महाशाखाको अनुमान छ । वर्षासँगै हिमाली तथा उच्च पहाडी भेगमा हिमपात हुने सम्भावना रहेको महाशाखाको अनुमान रहेको छ ।

 


Thali Mobile Pvt.Ltd.