अभिनेत्री महिमा सिलवालको बसको ठक्करबाट मृत्यु भएको छ । बुधवार साँझको ५ बजेर ४५ मिनेटमा धादिङको गजुरीमा उनी सवार बा ९८ प ७०५८ नम्बरको स्कुटरलाई विपरित दिशाबाट आउँदै गरेको लु २ ख १३५ नम्बरको बसले ठक्कर दिएको थियो । अभिनेत्री सिलवालको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले बताएको छ ।
स्कुटरमा उनकी बहिनी सर्मिला सिलवाल पनि सवार थिइन् । उनीहरु स्कुटरमा काठमाडौंबाट चितवन घर जाँदै थिए । अभिनेत्री महिमा सिलवालकी बहिनी सर्मिलाको उपचारका लागि काठमाडौं ल्याउने क्रममा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । अहिले अभिनेत्री महिमाको पार्थिव शरीर गजुरीमा र सर्मिलाको ट्रमा सेन्टरमा राखिएको छ ।
भरतपुर महानगरपालिका–१२ शिवनगरकी अभिनेत्री महिमा सिलवालले एक दर्जनभन्दा बढी फिल्म र दर्जनौं म्यूजिक भिडियोमा अभिनय गरेकी छन् । ‘कारवाही’ फिल्मबाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी उनले ‘जिगोलो’, ‘अप्रिल फूल’, ‘दानव’ लगायतका फिल्ममा अभिनय गरेकी छन् । उनी अभिनीत अझै आधा दर्जन फिल्म प्रदर्शनको पखाईमा छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
खोटाङ । जन्तेढुङ्गा गाउँपालिकाका किसानले बाँझो जमिन उपयोग गरेर छ हजार केजी भन्दा बढी आलु उत्पादन गरेका छन् । आलुखेती प्रवर्द्धन कार्यक्रमअन्तर्गत कोशी प्रदेश सरकारको उद्योग, कृषि तथा सहकारी...
कञ्चनपुर, २९ असार । कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ निगालीमा छाउपडी गोठमा सुतिरहेकी एक महिलाको सर्पदंशबाट ज्यान गएको छ। २८ वर्षीया कमला दमाईलाई गएराति करिब ८ बजेको समयमा करेत जातको विषालु...
काठमाडौँ, २९ असार । विभिन्न भागमा आज हल्कादेखि मध्यम तथा केही स्थानमा भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। काठमाण्डौ उपत्यकासहित देशका केही स्थानमा बिहानैदेखि घाम लागे पनि...
कपिलवस्तु, २९ असार । काठमाडौंबाट दाङ जाँदै गरेको यात्रुबाहक बस कपिलवस्तुमा दुर्घटना हुँदा २९ जना यात्रु घाइते भएका छन्। दुर्घटनामा परेकामध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ। जिल्ला ट्राफिक...