काठमाण्डाैं ।अभिनेत्री आँचल शर्माले आउँदो फागुनमा घरजम बसाउँदैछिन् । विगत एक वर्षदेखि डा. उदिप श्रेष्ठको प्रेममा रहेकी आँचल शर्माको फागुन पहिलो हप्ता टिकाटालो हुने बताइएको छ । बेलाबखत आँचलले यसै वर्षको फागुनमा विवाह गर्ने निश्चित भएको जानकारी दिँदै आए पनि विवाहको मिति भने गोप्य राखेकी थिइन् । दुई परिवारबीच विवाहको मितिलाई लिएर छलफल भैरहेको उनको भनाई रहेको थियो । गोप्य राख्दा राख्दै पनि यसैवीच उदिपसँग उनको विवाहको मिति बाहिर आएको हो ।
बुढानिलकण्डमा रहेको होटल पार्क भेन्यू आँचलको विवाहको लागि रोजिएको छ भने, फागुन ३० गते आँचल र उदिपले पाँचतारे होटल हायतमा रिसेप्सन पार्टी दिन लागेको जानकारी विश्वसनीय स्रोत बताउँछ ।
नेपाली फिल्म क्षेत्रमा ‘नाईं नभन्नू ल ४’ बाट डेब्यू गरेकी आँचल शर्माको नाम लामो समय अभिनेता पल शाहसँग नजोडिएको पनि हैन । यी दुबैले एकैसाथ तीन फिल्म र धरेै म्यूजिक भिडियोमा काम गरेका थिए । संगैकाम गर्दा प्रेम सम्बन्धको चर्चामा पुगेपनि प्रेम सम्बन्ध भने कहिल्यै स्वीकार गरेनन् । आफूहरु वीचसाथीभन्दा माथिको सम्बन्ध नभएको स्पष्ट पारेका थिए ।
एक वर्ष लामो प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न लागेकी अभिनेत्री आँचलले विवाहपछि पनि फिल्ममा सक्रिय रहने बताएकिछन्। उनी अहिले इन्गेजमेन्ट र विवाहको तयारीका कारण कुनै फिल्म र म्यूजिक भिडियोमा काम गरेकी छैनन् । उन ‘झिँगेदाउ’ नामक फिल्मको छायांंकन हालै भ्याएकी आँचलले विवाहपछि ‘डामाडोल’ नामक फिल्म गर्ने बताइएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं, २९ वैशाख । नयाँ वर्षको सुरुवातसँगै नेपाली संगीत प्रेमीहरूका लागि एउटा आत्मीय र भावनात्मक कोशेली सार्वजनिक भएको छ। “मेरी हजुर” शीर्षकमा सार्वजनिक भएकाे गीतले प्रेम, समर्पण र आत्मीय...
काठमाडौं । कर्णाली र सुदूरपश्चिमको मौलिक लोकधुनमा आधारित ‘रंगेली सुवा’ नामक नयाँ देउडा गीत सार्वजनिक भएको छ। लोकसंगीत प्रेमीहरूका लागि गहिरो सन्देश बोकेको यस गीतले दैलेख र अछामको भूगोल,...
काठमाडौं । नेपाली लोकसङ्गीतको आँगनमा एक पटक फेरि मिठास भरिएको छ। चर्चित गीतकार तथा सर्जक भीम कुमार ओझाको प्रस्तुतिमा तयार भएको ‘दुई दिने जिन्दगी’ बोलको नयाँ लोकगीत सार्वजनिक भएको...
काठमाडौं । नेपाली मौलिक लोकसंगीतको क्षेत्रमा चर्तित गायिका तथा संगीतकर्मी टिका पुनको नयाँ झ्याउरे लोकदोहोरी गीत ‘सोल्टिज्यु सम्झिन्नौ मैले झैँ’ ले छोटो समयमै उल्लेखनीय सफलता हात पारेको छ। गीत...