भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

अभिनेत्री आँचल शर्माले आउँदो फागुनमा घरजम बसाउँदै

अभिनेत्री आँचल शर्माले आउँदो फागुनमा घरजम बसाउँदै

काठमाण्डाैं ।अभिनेत्री आँचल शर्माले आउँदो फागुनमा घरजम बसाउँदैछिन् । विगत एक वर्षदेखि डा. उदिप श्रेष्ठको प्रेममा रहेकी आँचल शर्माको फागुन पहिलो हप्ता टिकाटालो हुने बताइएको छ । बेलाबखत आँचलले यसै वर्षको फागुनमा विवाह गर्ने निश्चित भएको जानकारी दिँदै आए पनि विवाहको मिति भने गोप्य राखेकी थिइन् । दुई परिवारबीच विवाहको मितिलाई लिएर छलफल भैरहेको उनको भनाई रहेको थियो । गोप्य राख्दा राख्दै पनि यसैवीच उदिपसँग उनको विवाहको मिति बाहिर आएको हो ।
बुढानिलकण्डमा रहेको होटल पार्क भेन्यू आँचलको विवाहको लागि रोजिएको छ भने, फागुन ३० गते आँचल र उदिपले पाँचतारे होटल हायतमा रिसेप्सन पार्टी दिन लागेको जानकारी विश्वसनीय स्रोत बताउँछ ।

नेपाली फिल्म क्षेत्रमा ‘नाईं नभन्नू ल ४’ बाट डेब्यू गरेकी आँचल शर्माको नाम लामो समय अभिनेता पल शाहसँग नजोडिएको पनि हैन । यी दुबैले एकैसाथ तीन फिल्म र धरेै म्यूजिक भिडियोमा काम गरेका थिए । संगैकाम गर्दा प्रेम सम्बन्धको चर्चामा पुगेपनि प्रेम सम्बन्ध भने कहिल्यै स्वीकार गरेनन् । आफूहरु वीचसाथीभन्दा माथिको सम्बन्ध नभएको स्पष्ट पारेका थिए ।

एक वर्ष लामो प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न लागेकी अभिनेत्री आँचलले विवाहपछि पनि फिल्ममा सक्रिय रहने बताएकिछन्। उनी अहिले इन्गेजमेन्ट र विवाहको तयारीका कारण कुनै फिल्म र म्यूजिक भिडियोमा काम गरेकी छैनन् । उन ‘झिँगेदाउ’ नामक फिल्मको छायांंकन हालै भ्याएकी आँचलले विवाहपछि ‘डामाडोल’ नामक फिल्म गर्ने बताइएको छ ।

 


Thali Mobile Pvt.Ltd.