काठमाडौं । अमेरिकाले रुसलाई जबर्जस्ती युद्धमा धकेल्न खोजेको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आरोप लगाएका छन् ।
युक्रेनको विषयलाई लिएर अमेरिकाले विषवमन गरिरहेको भन्दै राष्ट्रपति पुटिनले कुनै पनि बहाना मार्फत रुसलाई युद्धमा धकेल्नु अमेरिकाको उद्देश्य भएको दावी गरे । युक्रेन विवादमा त्यही गर्न खोजेको पुटिनको जिकीर छ ।
हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओर्बानसँगको वार्तापछि संचारकर्मीहरुसँग कुरा गर्दै पुटिनले युरोपमा बढ्दो नेटो गतिविधि सम्बन्धि रुसी सरोकारको पनि अमेरिकाले बेवास्ता गरेको बताए ।
अमेरिकाको चासो युक्रेनको सुरक्षा भन्दा युक्रेनमाथि थिचोमिचो भएको आरोप लगाए । यदि युक्रेनलाई नेटोमा सामेल हुन दिने हो भने नेटोका अन्य सदस्यहरु पनि रुससँगको युद्धमा तानिने पुटिनले स्पष्ट पारे ।
यता युक्रेनी राष्ट्रपति जेलेन्स्कीले युक्रेन र रुसबीच नभई रुस र सिंगो युरोपबीच युद्ध हुनसक्ने चेतावनी दिएका छन् ।
