भर्खरै : Sorry, your browser does not support inline SVG.
विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ | गाजामा हमासको पूर्ण निःशस्त्रीकरणमा सहमति, इजरायली सेना फिर्ताको बाटो खुल्ने ट्रम्पको दाबी | दुई सातादेखि ठप्प अरनिको राजमार्ग, मर्मत अनिश्चित हुँदा चीन–नेपाल व्यापार प्रभावित | डर र त्रास फैलाउने गतिविधिले कसैको हित गर्दैन : आईजीपी दानबहादुर कार्की | प्रचण्डको प्रधानमन्त्री बालेनलाई प्रश्न : अनुभवी नेताहरूसँग संवाद गर्न अहंकारले रोकेको त होइन? | पासपोर्ट बनाउनै सास्ती : विदेश जानेको भीडले राहदानी विभागमा अत्यधिक चाप | दार्माका भूकम्पपीडित अझै छानोविहीन, सांसद रमेश मल्लद्वारा सरकारको कडा आलोचना | स्मार्ट हुलाक कार्यक्रम प्रभावकारी बन्दै |

आत्मसमर्पणका लागि न्यूयोर्क पुगे पूर्वराष्ट्रपति ट्रम्प

आत्मसमर्पणका लागि न्यूयोर्क पुगे पूर्वराष्ट्रपति ट्रम्प

एजेन्सी । आफूविरुद्धको फौजदारी मुद्दामा आत्मसमर्पणका लागि अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प न्यूयोर्क पुगेका छन्। आफ्नो निजी जेटमार्फत पूर्वराष्ट्रपति ट्रम्प म्यानहटन जिल्ला न्यायाधिवक्ताको कार्यालयमा आत्मसमर्पण गर्न फ्लोरिडाबाट न्यूयोर्क पुगेका हुन्।

समाचार संस्था रोयटरका अनुसार पूर्वराष्ट्रपति ट्रम्पले मंगलबार जिल्ला न्यायाधिवक्ताको कार्यालयमा आत्मसमर्पण गर्ने र लगत्तै पहिलो सुनुवाइका लागि म्यानहटन फौजदारी अदालतमा न्यायाधीश समक्ष प्रस्तुत गरिनेछ । जिल्ला अदालतमा सम्भावित विरोध प्रदर्शनलाई ध्यानमा राख्दै न्यूयोर्कमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

अदालतमा हाजिर हुँदा ट्रम्पलाई हथकडी नलगाइने र त्यहाँ औँठाछाप तथा फोटो लिइनेछ । ट्रम्पविरुद्धको अभियोगपत्र सार्वजनिक नगरिए पनि उनीमाथि व्यवसायिक धोखाधडीसँग सम्बन्धित ३० भन्दा बढी अभियोग लगाइएको सीएनएनले जनाएको छ।

 


Thali Mobile Pvt.Ltd.