भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

अमेरिकी फासिस्टको जनविरोधी मुखौटाे उदांगो हुदैछः महरा

अमेरिकी फासिस्टको जनविरोधी मुखौटाे उदांगो हुदैछः महरा

अमेरिकाको सर्बोच्च अदालतले ५० बर्ष अघिको महिलाहरूको गर्भपतनको संविधान सम्मत अधिकारलाई खारेज गरेकोबारे…
महिलाहरूको आफ्नो आधारभूत अधिकारलगायत अन्य अधिकारहरूको प्रत्याभूत हुने व्यवस्था भनेको बुर्जुवावाजीको डिक्टेटरशिपमा पूँजीवादी व्यवस्था नभएर प्रोलेतेरियतको डिक्टेटरशिपमा समाजवादी व्यवस्थानै हो भन्ने कुराको ठोस प्रमाण र उदाहरण हो, भर्खरैको अमेरिकी उपरोक्त घटना।

बुर्जुवा विचार र विचारधाराबाट प्रभावित नारीवादीहरूले यही कुरा बुझ्दैनन् वा बुझेर पनि बुझ पचाउँछन् । जहाँसम्म महिलाले गर्भपतन गराउन पाउने वा गर्भमा भ्रूणलाई राख्न पाउने कुरा हो त्यो महिलाहरूको नैसर्गिक स्वअधिकारको कुरा हो ।

राज्यले गर्नुपर्ने व्यक्ति वा नागरिकको नैसर्गिक स्वअधिकारको पक्षमा मानवअधिकारको संरक्षण र हित पनि हो । तथापि यी कुनै पनि कुराहरु अल्पसंख्यक बुर्जुवा डिक्टेटरशिपमा सम्भव भएको आजसम्मको पूँजीवादको करीबन पाँच सय बर्षको इतिहासमा देखिँदैन ।

बुर्जुवा डिक्टेटरशिप भएको पूँजीवादी राज्यमा बहुसंख्यक सर्वहारालगायत मध्यम वर्गीय निम्न वर्गका पक्षमा पनि आधारभुतलगायत मानवअधिकार सम्भव नभएको आज आएर अधिकाधिक पुष्टि भइरहेको छ । अमेरिकी पूँजीवादी व्यवस्थामा अहिले भइरहेको महिला गर्भपतनको अधिकारलाई राख्ने वा बदर गर्ने भन्ने कुरा पनि वास्तवमा

त्यो महिलाहरूको हित र अधिकारको संरक्षणको लागि नभएर बुर्जुवा डिक्टेटरशिपमा अमेरिकी आम जनताको लागि भने (Banana Republic)मा अमेरिकी बुर्जुवा फ्रेमभित्रकै पार्टीहरूमध्ये र त्यसभित्र ‘हार्ड लाइनर र ‘सफ्ट लाइनर ’ को बर्चस्ववादबीचको अन्तर्विरोध र लडाई मात्र देखिन्छ ।

वर्तमान घटनाले अमेरिकी राजनीतिले अबका दिनमा महिलाका लागि मात्र नभएर आमजनताको विरोधमा पनि अझ अति र कट्टर भन्दा कट्टर रूख अख्तियार गर्ने बारे ढुक्क हुन सकिन्छ । यसले अमेरिकी तानाशाह वैश्विक राजनैतिक मञ्चमा अझ उग्र भएर आउने सम्भावनाहरू अझ व्यापक भएको अनुमान लगाउन सकिन्छ ।

भारतलगायत विश्वमा अमेरिकी फासिवाद मुल रूपमा अमेरिकी तानाशाहको नेतृत्वमा फासीवादी साम्राज्यवादी नवउदारवादको अनुहार अझ उज्यालो र चम्किलोसित प्रष्ट रूपमा चिनिँदै जानेमा कुनै शंका नहोला ।

एंगेल्सले एक ठाउँ ‘चीजहरू नकारात्मक रूपमै भएपनि अघि बढेकै राम्रो’ भने झै वर्तमान वैश्विक राजनीतिक घटनाक्रमलाई प्रभाव पार्न सक्ने अमेरिकी तानाशाह फासिस्टहरूको आफ्नो देश लगायत अन्य देशहरूमा पनि आमजनता विरोधी त्यसको नीति योजना कार्यक्रमहरूले, त्यसको साम्राज्यवादी मुखौटासहितको कुरूपता जति छिटो उदांगो हुनेछ ।

विश्वभरिका आमजनताको पक्षमा त्यसले त्यति नै तीब्रताका साथ सकरात्मक संघर्षको दिशामा भरपर्दो आशाको संचार र पहल गर्न सक्नेछ भन्ने कुरामा आश्वस्त बन्न सकिनेछ र त्यो राम्रो कुरा हुनेछ ।
सरस्वती महरा स–प्राध्यापक, कर्सियोङ कलेज

 


Thali Mobile Pvt.Ltd.