भर्खरै : Sorry, your browser does not support inline SVG.
हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह | नेपालमा ठूलो वर्षाको सम्भावना, तराईदेखि पहाडसम्म बाढी-पहिरोको जोखिम बढ्न सक्ने | जापानी इन्सेफलाइटिसको संक्रमण बढ्दो, १२१ जनामा पुष्टि हुँदा २६ जनाको मृत्यु | युवतीको विवादमा गोली चल्यो, १९ वर्षीय किशोरको खुट्टाबाट निकालियो बुलेट | भक्तपुर नगरद्वारा ‘ख्वप आदर निकेतन’ सञ्चालन, ज्येष्ठ नागरिकको सम्मान र सुरक्षित जीवनमा जोड | खुट्टा भाँचिएको पीडा भुलेर स्वास्थ्य सेवामा सक्रिय सचिव डा. गौतम, नुवाकोट वारि नै प्रसूति र आकस्मिक सेवा दिने तयारी | बाढी प्रभावित नुवाकोटमा स्वास्थ्य सेवा विस्तार, वारि अस्थायी बर्थिङ सेन्टर र आधारभूत स्वास्थ्य केन्द्र स्थापना | बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ |

अविवाहितका लागि मासिक ४ हजार ४०० भत्ता १

अविवाहितका लागि मासिक ४ हजार ४०० भत्ता १

काठमाडौं । अविवाहितका लागि भारतको हरियाणा सरकारले भत्ता दिने योजना ल्याएको छ । हरियाणाका मुख्यमन्त्री मनोहरलाल खट्टरले पत्रकार सम्मेलनमार्फत अविवाहित र विधुर भत्ता दिने घोषणा गरेका हुन । अविवाहितले अव मासिक रूपमा २ हजार ७५० भारतीय रुपैयाँ अर्थात् ४ हजार ४०० नेपाली रुपैयाँ भत्ता पाउनेछन् ।

यस्तो भत्ता सुविधा ४५ वर्ष उमेर पूरा भएपछि मात्रै पाइने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । विवाह हुन नसकेका र पत्नीको निधन भई एकल रहेका पुरुषले यस्तो भत्ता पाउनेछन् । भत्ता पाउन सरकारले केही शर्त समेत राखेको छ । अविवाहितले यस्तो लाभ पाउन २ लाख ८० हजारसम्म मात्रै वार्षिक आय हुनुपर्नेछ ।

विधुरले वार्षिक ४ लाख ८० हजार रुपैयाँ मात्रै आम्दानी गर्ने हुनुपर्नेछ ।रोचक त के छ भने हरियाणामा मुख्यमन्त्री खट्टर र गृहमन्त्री अनिल विज दुवै अविवाहित हुन् । हरियाणामा अविवाहितको संख्या ६५ हजार र विधुरको संख्या ५ हजार ६८७ रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

अविवाहित भत्ता योजनामा हरेक महिना ३२ करोड रुपैयाँ खर्च हुने जनाइएको छ ।हरियाणामा महिलाको संख्या पुरुषको तुलनामा कम छ । त्यहाँ १ हजार पुरुषको तुलनामा महिला ८७७ मात्रै छन । देशभरको अनुपात हेर्दा १ हजार पुरुषमा ९४३ महिला छन् । पर्याप्त रोजगारीको अवसर नहुनु पनि विवाह नहुने कारणमा रहेको छ । बेरोजगार युवाहरू विवाहका लागि युवतीको रोजाइमा पर्दैनन् ।

 


Thali Mobile Pvt.Ltd.