भर्खरै : Sorry, your browser does not support inline SVG.
अमेरिकी मध्यावधि निर्वाचनमा रिपब्लिकनलाई धक्का, नर्थ क्यारोलाइनामा डेमोक्रेटको जित | विद्यार्थी राजनीतिदेखि जापानको संयोजकसम्म : रेशमकुमार डंगोलको संघर्षपूर्ण यात्रा | जुम्लाको दुर्गम गाउँदेखि विद्यावारिधिसम्म : एलपी देवकोटाको प्रेरणादायी कथा | प्रतिपक्षी दलको सरकारलाई दबाब : ‘तत्काल संसद् अधिवेशन बोलाऊ’ | कात्तिक १६ सम्म सात हजार ६८८ विपद्का घटना | भेनेजुएलामा विद्रोही शिविरमाथि सैन्य आक्रमण, कम्तीमा १९ जनाको मृत्यु | मझिमटारमा आकाशे पुलको गर्डर राख्न पृथ्वी राजमार्ग तीन घण्टा बन्द | भक्तपुरमा एकहप्ते सेरामिक्स कार्यशाला सुरु, नगर प्रमुख प्रजापतिद्वारा उद्घाटन |

अवैध सुर्ती बरामद

अवैध सुर्ती बरामद

कर्णाली । इलाका प्रहरी कार्यालय छिन्चुले भन्सार छलेर ल्याइएको अवैध सुर्ती बरामद गरेको छ । प्रहरीले सुर्खेतको भेरीगङ्गा नगरपालिका– १२ स्थित रत्न राजमार्गको सडकखण्डमा सुर्ती बरामद गरेको हो । नेपालगञ्जबाट सुर्खेततर्फ आउँदै गरेको बा५ख ४५५८ नम्बरको फोर्स गाडीमा आइतबार जाँच गर्दा अवैधरुपमा भन्सार छली ल्याइएको सुपरपावर सुर्ती एक हजार ६७४ पाकेट बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रामप्रसाद घर्तीले जानकारी दिए।

प्रहरीले विभिन्न किसिमका काँचो तथा तयारी कपडासहित जम्मा रु एक लाख ४४ हजार १० मूल्य बराबरको सामान बरामद गरी आवश्यक कारवाहीका लागि आन्तरिक राजस्व कार्यालय कोहलपुर पठाइएको प्रहरी नायब उपरीक्षक घर्तीले बताए । आर्थिक प्रलोभन देखाई रु एक हजार ५०० दिएर प्रभावमा पार्न खोज्ने दुई युवालाई पनि प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी सुब्बाकुना सुर्खेतको चेकपोष्टमा जाँच गर्ने क्रममा आवश्यक कागजात नभई प्रलोभनमा पारेर उम्कन खोज्ने भे ७ प ४८८ नम्बरको मोटरसाइकलमा सवार तातोपानी गाउँपालिका– ३ का २२ वर्षीय तेजबहादुर नेपाली र कमल नेपालीलाई प्रहरीले पक्राउ गरेको जानकारी दिए ।

आर्थिक प्रलोभन पार्न खोज्नाका साथै सेवामा खटिएका प्रहरीसँग विवाद र अभद्र व्यवहार गरेकाले पक्राउ गरेर उनीहरुमाथि आवश्यक अनुसन्धान अगाडि बढाइएको बताइएको छ । प्रहरीचौकी बाङ्गेसिमल सुर्खेतबाट खटिएको प्रहरी टोली गस्ती जाने क्रममा वीरेन्द्रनगर नगरपालिका– २ कोलडाँडाको भित्री सडकखण्डमा स्थानीय व्यक्तिका जग्गामा प्राकृतिकरुपमा आफैँ उम्रिएको एक हजार ३५० वटा गाँजाका बोट स्थानीय जनप्रतिनिधि र सामाजिक अगुवाका रोहबरमा नष्ट गरिएको प्रहरीले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.