असारे विकासलाई प्राथमिक्ता दिएनौं, जसका कारण लेखाको कार्य सहज भयोः द्रोर्णदेव वन

असारे विकासलाई प्राथमिक्ता दिएनौं, जसका कारण लेखाको कार्य सहज भयोः द्रोर्णदेव वन

राकम । धेरैजसो नगरपालिकाले असारे विकासलाई ध्यान दिएको भनेर गुनासो आइरहेका बेला आठबीसका लेखा शाखा प्रमुख द्रोर्णदेव वनले पहिले विकास त्यसपछि भुक्तानीको अवधारणाले काम गरेको बताएका छन् । लेखा प्रर्णाली चुस्त र दुरुस्त बनाएर अघि बढ्न असारे विकासको ढोका बन्द हुनुले सहयोग गरेको बताए ।

सेवाग्राही र सरोकारवालालाई समय मै गुणस्तरिय काम समय मै भुक्तानी भनेर दिएको सुझाव आठबीसमा लागु भएको वताए । यो समाचार तयार पार्दासम्म योजनाको भुक्तानी लिने मानिस फाट्ट फुट्ट आइरहेका थिए । तर सबै योजनाको भुक्तानी यसभन्दा पहिले नै भइसकेको उनको भनाइ छ ।

यसो गर्नुको पछाडि सिस्टम बन्द हुनुले उपक्ताहरुले भुक्तानी लिन नपाउने यस पहिलेको कुराले पाठ सिकाएको बताए । काम सम्पन्न हुने वित्तिकै सेवाग्राहीले भुक्तानी लगेका कारण आफुलाई काम गर्न सहज भएको लेखापाल लोकबहादुर बुढाले बताए ।

अनुदान मार्फत शैक्षिक सुदृढिकरण
आठबीस नगरपालिका शिक्षामा गुणस्तरिय बनाउन अनुदान मार्फत शैक्षिक सुदृढिकरण गरिएको शिक्षा शाखा प्रमुख प्रेमराज खनालले बताए । नगर प्रमुख, उपप्रमुख लगायत सरोकारवाला निकायले पनि आठबीसको शिक्षामा बढि चाँसो दिएकाले त्यहि अनुसार काम गरिरहेको उनको भनाइ छ ।

नेपाली लिखित इतिहासमा समेत सिजा सभ्यताको विकास भएकाले अव स्थानीय भाषाको पनि पाठ्यक्रम बनाउने तर्फ नगर सरकारले ध्यान दिनु पर्ने सूझाए । विगतमा शिक्षा, स्वास्थ र सरसफाइ, रोजगार तथा आयआर्जनका दृष्टिले पछि परेको आठबीसलाई सबैले चाँसो दिएर लागे देशकै नमुना नगर बनाउन सकिने उनको धारणा छ ।

आर्थिक, जातिय, राजनैनिक, वर्गीय रुपमा हेपिएको, चेपिएको, पिल्सिएको नगर भनेर अब भन्ने अवस्थाबाट निकै माथि उठेको खनालले जिकिर गरे । खनाले भने जस्तै शिक्षा सम्बन्धमा मेयर तर्क बहादुर बडुवाल भन्छन्, ’कम शुल्कमा उच्च शिक्षा दिन समाजलाई बौद्धिक बनाउन, नयाँ पुस्तालाई उत्पादनशिल बनाएर शिक्षा र समृद्धिको लक्ष्य पूरा गर्न नगर सरकार कटिबद्ध छ ।’

राजनीतिलाई जनताको सेवामा समर्पण गर्ने आदर्श अंगालेर जनप्रतिनिधिले जनताको आवश्यकतालाई प्राथमिकतामा राखेर शिक्षा, जनतालाई बुद्धिजीवीकरण बनाउने उदेश्य नगरपालिकाले लिएको मेयर बडुवालको भनाइ छ ।

बहुमत जनताका छोराछोरी रोजगारीका निम्ति भारततर्फ लागिरहेको भन्दै तिनीहरुलाई रोक्न र रोजगारी दिन नगरपालिकाले ध्यान दिएको नगर उपप्रमुख कल्पना थापाको भनाइ छ ।

कृषिलाई विशेष प्राथमिक्ता
यसैबीच राकम धानबालीको भकारी भएकाले कृषिलाई विशेष प्राथमिक्तामा राखिएको कृषिशाखा प्रमुख रमेश कुमार थापाले बताए । नगरमा आआफ्नो शाखाले कार्यक्षेत्र हेरेर नगरवासीको आवाश्यक्तालाई मध्यनजरगरी काम अघि बढाएको योजना शाखा तथा सूचना शाखा अधिकृत शेरबहादुर सिजापतिले बताए ।

यस्तै आवश्यक्ता र जनताको चाहना अनुसार कार्यलाई प्राथमिक्ता दिएको पशु शाखाका कुशल थापा, महिला बालबालिका शाखाका बन्दना लम्साल, पञ्जीकरणका जनक भण्डारी, उद्यमशीलका भरत सुनार, प्रशासनका हिक्मत माझि, स्टोर शाखाका बखत विक,

बहुक्षेत्रिय पोषण योजनाका रविन्द्र बहादुर विश्वकर्माले समस्या, चुनौती र समाधानका पक्षका विविध आयाम खोतलेर अघिबढेको बताए । यस्तै सुन्दर हराभरा नगरको महत्वलाई बुझेर राजस्व वृद्धिमा नगरले ध्यान दिएको राजश्व शाखाका प्रकाशपाल थापाले बताए । करको दायरालाई व्यवस्थित बनाउन नगरवासी र जनप्रतिनिधि निरन्तर लागिपरेको उनको भनाइ छ ।

गुणस्तरिय काममा ध्यान नदिने उपभोक्ता समितिलाई खवरदारी गर्दै योजनाको बजेट घटाएर पठाएको प्राविधिक शाखा प्रमुख प्रकाश आचार्यले बताए । उनको जस्तै धारणा बखत रावतले राखे । उनका अनुसार योजनाको स्टमेट अनुसार काम नगर्ने उपभोक्ता र ठेकेदारको पैसा घटेको हो ।

 

 

 

 


Thali Mobile Pvt.Ltd.