असार अन्तिम साता रेडक्रसको महाधिवेशन, बाधा अड्काऊ परे फुकुवा गरिने

असार अन्तिम साता रेडक्रसको महाधिवेशन, बाधा अड्काऊ परे फुकुवा गरिने image

१३ असार २०७७ काठमाडाैं । बन्दाबन्दीको कारण हुन नसक्ने नेपाल रेडक्रसको केन्द्रीय सभाको ४८ औँ महाधिवेशन परिस्थितिलाइ मध्यनजर गर्दै असारको अन्तिम साता गर्ने भएकाे छ ।  केन्द्रीय कार्यसमितिले असार २५ देखि २७ गतेसम्म केन्द्रीय सभाको ४८ औँ अधिवेशन काठमाण्डौँ उपत्यकाभित्र गर्ने बताएकाे हाे ।

अध्यक्ष संजीव थापबाट यस अघि गरिएको निर्णयलाई अनुमोदन गर्दै विधानको दफा ६७ बमोजिम केन्द्रीय कार्यसमितिको अधिकार प्रयोग गरी केन्द्रीय कार्यसमितिले तीन महिना भित्र निर्वाचन हुने गरी एक भन्दा बढी पटक पनि मिति तोक्न सक्ने व्याख्या गरेको छ ।

बन्दाबन्दीको कारण सभा सम्मेलन असारमा पनि खुला नभएमा र केन्द्रीय कार्यसमितिको बैधता कायम राख्न बाधा परेमा मौजुदा विधानको दफा ६८ बमोजिम बन्दाबन्दी फुकुवा भई सभा सम्मेलन गर्न खुला भएको मितिले ३० दिन भित्र निर्वाचन सहितको केकासको महाधिवेशन बर्तमान कार्यसमितिले नै सम्पन्न गर्ने गरी संस्थागत बाधा अड्काऊ फुकाउने निर्णय समेत गरेको छ ।

यस सन्दर्भमा आगामी महाधिवेशन र केन्द्रीय कार्यसमितिको निर्वाचन सम्पन्न गर्न कुनै कानुनी बाधा आएमा कानुनी उपचारमा जान पनि छलफल र निर्णय गरिएको जनाएकाे छ ।

विद्युतीय बैठकलाई पनि आधिकारिक मानिने
बन्दाबन्दी अवस्था, भविश्यमा आइपर्नसक्ने विषम विपदको अवस्था र अन्य कुनै काबु बाहिरको परिस्थिति सिर्जना भएर केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरु बैठकको लागि स्वयं उपस्थित हुन नसक्ने अवस्थामा विद्युतीय सम्पर्क माध्यमबाट बैठक बस्न सकिने रेडक्रसले जनाएकाे छ ।

त्यस्तो बैठकले गरेको निर्णय केकासको भौतिक उपस्थिति भएको बैठक सरह मान्य हुने भन्दै विद्युतीय निर्वाचनको संभावना अध्ययन गरी सुझाव दिन उपमहामन्त्री हरि प्रसाद न्यौपानेको संयोजकत्वमा गठित समितिलाई पनि क्रियाशिल बनाइएको जानकारी दिएकाे छ ।

कोभिड १९ को प्रतिकार्यमा अग्रपंतिमा
नेपाल रेडक्रसमार्फत कोभिड प्रतिकार्य गतिविधि देशैभरी सञ्चालन गरिएको छ । भारतलगायतका मुलुकबाट नेपाल फर्कने नेपालीहरुलाई लक्षित गरी नेपाल प्रवेशद्धारहरु, जिल्लाहरुका होल्डिङ सेन्टरहरुमा नेरेसोका स्वयंसेवकहरुले सहयोग गरिरहेका छन् ।

त्यस्तै समुदायमा सेवा अन्तरर्गत २ लाख ७१ हजार ९ सय मानिसलाई व्यक्तिगत शुरक्षा सामग्री वितरण, ६ सय २७ जनालाई मनोबैज्ञानिक सहयोग, २४२ एम्बुलेन्स सञ्चालन, ६ हजार ६ सय ५० जनालाई हातधुने कक्षा सञ्चालन गरेकाे गरेकाे छ ।

क्वारेन्टाइन सहयोग अन्तरगत १३ हजार ३ सय १० कम्बल, एकहजार नौसय ६३ त्रिपाल र ३ सय ९३ टेन्ट, ३ हजार २ सय झुल वितरण गरिएको छ । ८ सय ७० तन्ना र एकहजार सातसय चार गुन्द्री उपलव्ध गराइएको छ । साथै, लकडाउनले अफ्टेरो पारेका १७ हजार ९ सय मानिसहरुलाई खानाको व्यवस्था गरेको छ ।

निशुल्क कल सेन्टर ११३० सञ्चालनमा ल्याइएको छ र १२८ वटा सचेतनामूलक रेडियो कार्यक्रम बजाइएको छ । यसरी स्वास्थ्य तथा सेवा, आवास, पानी, सरसफाइ तथा स्वच्छता, जोखिमका बारेमा सञ्चार÷सामुदायिक संलग्नता तथा जवाफदेहिता, संरक्षण, लैंगिकता र समावेशीकरण क्षेत्रमा संस्थाले नेपाल सरकार र सरोकारवालासँग मिलेर कार्य गरिरहेको रेडक्रसले जनाएकाे छ ।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्

  • हावाहुरीका कारण झापामा एक जनाको ज्यान गयो image

    हावाहुरीका कारण झापामा एक जनाको ज्यान गयो

    झापा, १५ बैशाख । झापाको हल्दीबारी गाउँपालिका-५ त्रिवेणी चोकमा गएको राति आएको हावाहुरीले टिनको छाना भएको घर भत्किँदा ६५ वर्षीय मानबहादुर मगरको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालय झापाका...

  • मुस्ताङको ठिनी खोलामा धमाधम मोटरेबल पुल बन्दै image

    मुस्ताङको ठिनी खोलामा धमाधम मोटरेबल पुल बन्दै

    मुस्ताङ । मुस्ताङको घरपझोङ गाउँपालिका थाकका पाँच गाउँ जोड्ने रिङरोडको ठिनी खोलामा धमाधम मोटरेबल पुल निर्माण भइरहेको छ । गण्डकी प्रदेश भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयअन्तर्गतको पूर्वाधार विकास...

  • किरियापुत्री भवन निर्माणका लागि गठ्ठाघरमा श्रीमद्भागवत महायज्ञ हुने image

    किरियापुत्री भवन निर्माणका लागि गठ्ठाघरमा श्रीमद्भागवत महायज्ञ हुने

    भक्तपुर, १ जेठ । भक्तपुरको गठ्ठाघरमा अधुरो रहेको किरियापुत्री भवन निर्माण सम्पन्न गर्न आगामी जेठ ४ गतेदेखि श्रीमद्भागवत महायज्ञ हुने भएको छ। सनातन पितृमुक्ति समाज गठ्ठाघरको आयोजनामा हुने महायज्ञबाट...

  • ज्यामरुककोट क्षेत्रका कुवा र पँधेरा नासिए image

    ज्यामरुककोट क्षेत्रका कुवा र पँधेरा नासिए

    म्याग्दी, १ जेठ । विगत तीन दशकयता यहाँको ऐतिहासिकस्थल ज्यामरुककोट क्षेत्रका दुई दर्जनभन्दा बढी कुवा र पँधेराहरु नासिएका छन् । तत्कालीन पर्वत राज्यअन्तर्गतको शक्तिशाली ज्यामरुककोटमा १७औँ शताब्दीमा ज्यामरुके राजा...


hotelghyampedanda



Thali Mobile Pvt.Ltd.