भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

बाँकी रहेको रसुवामा पनि कोरोना संक्रमण पुष्टी

बाँकी रहेको रसुवामा पनि कोरोना संक्रमण पुष्टी

१३ असार २०७७ काठमाडौं । शनिबार रसुवामा पनि संक्रमण देखिएपछि नेपालका ७७ वटै जिल्लामा कोरोना संक्रमित भेटिएका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा रसुवाका ८ महिला र एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

देशभर १२ हजार ३ सय ९ जनामा संक्रमण देखिएको छ भने मध्ये २८ जनाको मृत्यु भएको छ । संक्रमित मध्य २ हजार ८ सय ३४ जना संक्रमण मुक्त भएर घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा देशभरबाट १३६ जना कोरोना संक्रमण मुक्त भई डिस्चार्ज भएका हुन । तीमध्ये महिला १८ र ११८ जना पुरुष छन् ।

गोठगाँउ आइसोलेसन सेन्टरबाट भोजपुरका १ पुरुष, इलामका २ पुरुष, झापाका २९ पुरुष, मोरङका ११, पाँचथरका १ पुरुष, सुनसरी २० पुरुष, ताप्लेजुङ्ग १ पुरुष उदयपुरका ४ पुरुष, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट गोरखाका १ पुरुष, कास्की ४ महिला र १० पुरुष, पर्वतका १ पुरुष, स्याङजाका १ महिला, जलेश्वर अस्पताल महोत्तरीबाट ७ महिला डिस्चार्ज भएका छन् ।

कोरोना विशेष अस्पताल दाङ १ पुरुष, मेहलकुना अस्पताल सुर्खेतबाट ७महिला र ६ पुरुष, सुशील कोइराला प्रखर क्यान्सर अस्पताल बाँकेबाट बर्दियाबाट ४ महिला र २ पुरुष र बाँकेका २ महिला र २१ पुरुष डिस्चार्ज भएका छन् ।देशभरबाट हालसम्म महिला २४२ र २ हजार २५९२ जना पुरुष डिस्चार्ज भएका हुन ।

 


Thali Mobile Pvt.Ltd.